धौलागिरि खबर

रुप्सेमा पहिरो र बाढीले बेनी–जोमसोम सडक अवरुद्ध

बेनी म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

करिब दुई सय मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

“मान्छे पनि हिड्न नमिल्ने गरि ट्याक बगाएको छ,” उहाँले भन्नुभयो “मानिस आउजाउ गर्ने काठको अस्थाई पुल (साँघु) बनाएका छौ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाहे छ ।”

Rara Auto Mobiels

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैचामा स्याउ टिप्न सुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवत जावत पनि प्रभावित भएको छ । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा आवत जावत प्रभावित भएको छ ।

बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ । सडक मर्मत गरि यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो ।

असार २६ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र चालु अवस्थामा रहेको दुई वटा मोटरेबल पुल सहित रुप्सेमा सडक बगाएको थियो ।

Biruwa Simran beni baglung
प्रतिक्रिया दिनुहोस
Loading...