धौलागिरि खबर

पहिरोमा आफन्त गुमाएकालाई गृह मन्त्रालयले पठाएको ३५ लाख राहत वितरण

Beni Sanjibani

दरवाङ । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई सोमबार संघीय सरकारले पठाएको राहत हस्तान्तरण गरिएको छ ।

गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालयपठाएको ३५ लाख रुपैयाँ बितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मराङको राम्चेका चार जना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

“बिमको तल्लो गाउँका बिरबहादुर नेपाली सहित परिवारका चारै जनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्,” उहाले भन्नुभयो “सरकारको पछिल्लो नियम अनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एक भन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाख सम्म राहत वितरण गरेका छौ ।”

Gose add

यसअघि प्रतिमृतक एक लाख रुपैयाँका दरले राहत पाउने ब्यवस्था थियो । बेपत्ताको हकमा जिवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दावी नगर्ने सर्तसहित मृतक सरहनै राहत उपलब्ध गराइएको छ ।

बिमको दुलेमा ज्यान गुमाएका बिष्णु शर्मा पौडेलका श्रीमान र इच्छा पौडेलका बुवा सोमनाथ पौैडेल तथा गौदेवी नेपालीका श्रीमान र विशेष नेपालीका बुवा पुर्णबहादुर दर्जीलाई तीन÷तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बिमको नौरुङको पहिरोमा बेपत्ता मराङकी एलिसा केसीका बुवा इन्द्रलाई दुई लाख उपलब्ध गराइएको छ ।

मराङको ठूलोगाउँका तुलबहादुर क्षेत्रीकी श्रीमतिहरु काली र लिला क्षेत्रीलाई दुई लाख, राम्चेकी रेश्मा सुनारका बुवा गोरे सुनारलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । राम्चेका मनबहादुर, कमला, सुरज र सुरक्षा श्रीपालीको रामसती श्रीपालीलाई पाँच लाख, खिमबहादुर जुग्जालीको दिलबहादुर जुग्जालीलाई दुई लाख र रिखकी हिराकुुमारी जुग्जालीका श्रीमान, करिष्मा र कंचन जुग्जालीका बुवा धनबहादुरलाई चार लाख उपलब्ध गराइएको छ ।

यसैगरी गौशारा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको पाँच लाख भिमप्रसाद जुग्जालीलाई, कल्लेनीका प्रकाश केसीका भाई र जनिमा केसीका छोरा निकेस केसीलाई तीन लाख, सचिन पुनका बुवा पदम पुनलाई दुई लाख, दुखुकी गिता रोकाका छोरा नविनलाई दुई लाख हस्तान्तरण गरिएको थियो ।

Chadani auto head

नगदै वितरण गरिएको राहत रकम कार्यक्रम स्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीहरुलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो । राहत वितरणका लागि सुरक्षा अधिकारीहरु सहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुई वटै स्थानीय तह र वडाका जनप्रतिनिधिहरुको रोहबरमा राहत वितरण गर्नुभएको थियो । पिडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यक बाहेकका काममा पैसा खर्च नगर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पिडितको साथमा तीनै तहका सरकार रहेको बताउदै राहत वातप प्राप्त रकमले आवास ब्यवस्थापनमा उपयोग गर्न आग्रह गर्नुभयो ।

धवलागिरिका अध्यक्ष पुनले मृतकका प्रति परिवार दश हजार रुपैयाँका दरले किरिया खर्च वापत गाउपालिकाले उपलब्ध गराएको बताउनुभयो । मालिकाका अध्यक्ष रोकाले किरिया खर्च वापत मृतकका परिवारलाई २५ हजारका दरले उपलब्ध गराइने बताउनुभयो ।

उहाँहरुले पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भैरहेको बताउनुभयो । राहत वितरण कार्यक्रमको धवलागिरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले सञ्चालन गर्नुभएको थियो ।

असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा ८ जनाको मृत्यु र एक जना बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...