धौलागिरि खबर

बालगृहका बालबालिकालाई कपडा बितरण

बेनी । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सोमबार बेनी नगरपालिकाले नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको म्याग्दी बालगृहका अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सोही अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले उपलब्ध गराएको ५२ हजार १८८ रुपैयाँ मूल्य बराबरको सामग्री बालगृहलाई हस्तान्तरण गरिएको थियो । बालगृहमा रहेका १३ जना बालबालिकाहरुलाई एक÷एक सेट न्यानो कपडा (ट्याक) वितरण गरिएको हो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष रामकृष्ण बराइली, राजेन्द्र श्रेष्ठ, शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी, अधिकृत युवराज थापा, बाल संगठनका सभापति नेत्र महत, सचिव ज्ञान गिरी, कोषाध्यक्ष जयन्द्र श्रेष्ठ, सदस्य माधवप्रसाद रेग्मी, नैनकुमार श्रेष्ठ लगायतले कपडा वितरण गर्नुभएको थियो ।

Rara Auto Mobiels

नगरपालिकाको महिला तथा बालबालिका शाखाकी कर्मचारी डमसरा पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का कर्मचारी प्रतिमा रिजालले बाल दिवसको महत्वका बारेमा जानकारी गराउनुभएको थियो । यस वर्षको बाल दिवसको नारा “विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता” भन्ने रहेको छ ।

यसैगरी बेनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले शिक्षा दिवसको अवसरमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई सोमबारनै पुरस्कार वितरण गरेको छ । “कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको प्रभाव र न्युनीकरणका उपाय” विषयमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा प्रकाश माविका सभन मल्ल प्रथम, बेनी सामुदायिक माविका अनिमा शर्मा दृतीय, न्यु वेष्ट पोइन्ट आवासीय माविका समुन्द्र भण्डारी तृतीय भएका थिए । उनिहरुलाई क्रमश ः सात हजार, पाँच हजार, तीन हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी आधारभूत विद्यालय स्तरीय “बिद्यालय शिक्षामा अभिभावकको भूमिका” बिषयक निबन्ध लेखन प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय माविकी अनुभूति पौडेल प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका दिक्षित जिसी दृतीय र बालमन्दिर आधारभूत विद्यालयकी हिरा नेपाली तृतीय भएका थिए । उनिहरुलाई क्रमश ः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताउनुभयो ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...