धौलागिरि खबर

मंगलामा कोरोना रोकथामका लागि साढे ५९ लाख खर्च

बेनी । म्याग्दीको मंगला गाँउपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा भएको आम्दानी खर्च बिवरण सार्वजनिक गरेको छ ।

कोरोना कोषमा ६४ लाख तीस हजार १२२ रुपैयाँ आम्दानी र ५९ लाख ५३ हजार ९०४ रुपैयाँ खर्च भएको बिवरण सार्वजनिक गरेको हो । गाँउपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा चार कोरोना कोषमा चार लाख ७६ हजार २१८ रुपैया बचत भएको छ ।

मंगलाले कोरोना कोषमा ४५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । नेपाल सरकारबाट दुई लाख ६७ हजार ८२५, प्रदेश सरकारबाट पाँच लाख, शिक्षक कर्मचारीहरुबाट चार लाख बीस हजार ९४३, निर्वाचन क्षेत्र पुर्बाधार बिकास साझेदारी कार्यक्रमको चार लाख १८ हजार १५४ र संघ संस्था तथा ब्यक्तिहरुबाट तीन लाख २३ हजार २०० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
सबैभन्दा बढी कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण रोजगारी गुमाएका गरिब बिपन्नलाई खाद्यान्न राहत बितरणमा २४ लाख ९० हजार २६३ रुपैयाँ खर्च भएको छ । क्वारेन्टिन व्यवस्थापन सामग्री शिर्षकमा तीन लाख १५ हजार ६४, सवारी साधन भाडामा दुई लाख २२ हजार ६४०, औषधी तथा स्वास्थ्य सामग्री खरिदमा चार लाख ५६ हजार ७५१ खर्च गरेको मंगलाले बेनीमा आइसोलेशन निर्माणका लागि दुई लाख पचास हजार रुपैयाँ खर्च गरेको छ ।
बेनीको समेत क्वारेन्टिन खाना खाजामा दश लाख ७२ हजार चालीस, सुरक्षाकर्मी तथा स्वमसेवकलाई आठ लाख ८५ हजार १४५, स्वमसेवक इन्धनमा दुई लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ । मंगलाले सिमा नाकामा सुरक्षाकर्मी र स्वयमसेबक परिचालन गरेको थियो । दिर्घरोगीहरुलाई घरघरमै औषधी पु¥याउने ब्यवस्था मिलाएको थियो । बाबियाचौरको मंगला माबिमा क्वारेन्टिन सञ्चालन गरेको थियो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...