धौलागिरि खबर

गरिमा विकास बैंक र लेखनाथ उद्योग वाणिज्य संघबीच सम्झौता

Hariyali Groups Pvt Ltd

पोखरा, २८ भदौ । महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने गरी सरकारले ल्याएकोे सहुलियत दरको ऋण प्रवाहबारे लेखनाथ उद्योग बाणिज्य संघ र गरिमा विकास बैंक लि.बीच सम्झौता भएको छ ।

सहुलियत दरको ऋण प्रवाह योजनाअन्तर्गत हातमा सीप हुने तर आर्थिक अभावका कारण ब्यावसायिक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्षित सो योजनामा दुई संस्थाबीच सहकार्य गर्ने गरी आइतबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल, पोखराका क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी र वरिष्ठ अधिकृत मेघबहादुर केसी तथा संघतर्फबाट अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र पूर्व अध्यक्ष सुमन भट्टराईले हस्ताक्षर गरेका हुन् ।

Rara Auto Mobiels
Chadani auto head

सो योजनाअन्तर्गत आयमूलक व्यवसाय तथा साना तथा मझौला घरेलु उद्योग संचालन गर्ने योजना सहित आउने महिलाहरुलाई संघको सिफारिसमा बैंकबाट उद्योगको प्रकृति हेरी बिनाधितो बढीमा १५ लाखसम्म ऋण लिन सक्ने ब्यवस्था गरिएको छ ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले महिलाहरुमा उद्यमशीलताको विकास गराउन सहुलियतपूर्ण कर्जा वरदान सावित हुने बताए ।

संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी परिचालन उपसमितिकी संयोजक मेनुका श्रेष्ठले सो योजनाको भरपूर उपयोग गर्न सम्पूर्ण महिलाहरुलाई अनुरोध गरिन् । From safalawaj.com

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...