धौलागिरि खबर

पाखुमा पदमार्ग मर्मत

बेनी । म्याग्दीको मंगला गाँउपालिका–५ पाखुमा रहेको सिर्जना युवा क्लवको नेतृत्वमा पदमार्ग मर्मत भएको छ ।

क्लबमा आवद्ध युवायुवति र स्थानीयबासीहरुले शनिबार श्रमदान गरेर पदमार्ग मर्मत गरेका हुन् । कुरसिम्ला देखि वडा कार्यालय रहेको पाखु जोड्ने पदमार्गको विभिन्न ठाउँमा गरि करिब एक किलोमिटर दुरीमा मर्मत गरिएको क्लवका अध्यक्ष किशोर कडेलले बताउनुभयो ।

पाखु, कुरसिम्ला, धारा, पिपलबोट, किमचौर, छिसवाङका बासिन्दालाई आवत जावतमा सहज भएको छ । अप्ठ्यारो र भत्किएको ठाउँमा हिड्न सजिलो हुने गरि मर्मत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Loading...