धौलागिरि खबर

जसले चितुवासँग भिडे

बेनी । पर्वतको जलजला गाउपालिका–५ लेकफाँटको सुन्दरडाडामा आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

स्थानीय नरबहादुर खत्रीको घरभित्र आइतबार बिहान साढे २ बजेको समयमा पसेको चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । चितुवाले आक्रमण गरेर ३५ वर्षीय खत्री र उहाँका छिमेकी ४५ वर्षीय थलबहादुर खत्रीलाई घाइते बनाएको स्थानीय केशव पौडेलले बताउनुभयो ।

‘कुकुर समान्त घरभित्र छिरेको चितुवा लखेद्टा उल्टै आक्रमण गरेछ,’ उहाले भन्नुभयो ‘करिब आधा घण्टा चितुवासँग भिड्नुभएका नरबहादुरलाई बचाउन जानुभएका थलबहादुरलाई पनि झम्टिएर घाइते बनाएको छ ।’

Rara Auto Mobiels

चितुवा घरभित्र छिरेपछि बन्द भएको ढोका खोलेर भगाउन खोज्दा नरबहादुरलाई आक्रमण गरेको हो । नरबहादुरको टाउको, पाखुरा र छातिमा चोट लागेको छ । उहाको घरमा ५ जना थिए । अरु ४ जना भने सकुशल छन् ।

नरबहादुरसँग भिडेपछि थाकेको चितुवा घरभित्रकै अर्को कोठामा गएर लुकेको थियो । हारगुहार गरेपछि पुगेका थलबहादुरलाई कोठाको ढोका खोल्ने क्रममा चितुवाले झम्टिएको थियो । गाउँमै प्राथमिक उपचार गरि घाइते दुवै जनालाई उपचारका लागि म्याग्दीको बेनी अस्पताल पठाइएको छ ।

घटनास्थलमा लेकफाट प्रहरी चौकीको टोली समेत पुगेको छ । यसअघि बेनी–४ सिंगामा हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र शुक्रबार बिहान पसेको चितुवाले ६८ वटा कालिज मारेको थियो ।

बन्यजन्तुहरु आहराको खोजीमा मानब बस्तिमा आउन थालेका छन् । बिशेष गरेर चितुवाले घरपालुवा जनावर मार्ने, खाने, मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । अर्कोतर्फ बाँदरले खेतिबाली खाने र नष्ट गरेर किसानलाई सताएको छ । बन्यजन्तु बस्तिमा आउन थालेपछि मानब र बन्यजन्तुबीच दन्द्ध सिर्जना भएको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...