धौलागिरि खबर

कृषकलाई सवा एक करोड अनुदान

बेनी । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्षमा कृषकहरुलाई विभिन्न शिर्षकमा सवा एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।

म्याग्दी र मुस्ताङ जिल्ला कार्यक्षेत्र भएका कार्यालयले मोडल फार्म, भेडाबाख्रा पकेट, गाइभैसी पकेट, एक निर्वाचन क्षेत्र एक नमुना घाँसेबाली श्रोत केन्द्र, फ्रेस हाउस सुधार, डेरी पसल सुधार, पशु नश्ल सुधार कार्यक्रम मार्फत अनुदान पाएका हुन् ।

विभिन्न शिर्षकमा ७६ जना कृषकहरुलाई एक करोड २६ लाख बीस हजार रुपैयाँ अनुदान वितरण गरिएको कार्यालयका प्रमुख नारायण कुशुमले जानकारी दिनुभयो । बाख्रा, गाइभैसी, कुखुरा, भेडापालक कृषक, डेरी र मासु ब्यवसायीहरुले अनुदान पाएका हुन् ।

Rara Auto Mobiels

सबैभन्दा बढी मोडल फार्म कार्यक्रम मार्फत ४० जना कृषकहरुलाई दुई लाख पचास हजार रुपैयाँका दरले एक करोड एक लाख रुपैयाँ अनुदान दिइएको छ । “मोडेल फार्म अनुदानका लागि एक करोड बीस लाख रुपैयाँ बजेट आएको थियो,” कार्यालय प्रमुख कुशुमले भन्नुभयो “१४३ वटाको आवेदन परेकोमा ४५ वटा छनौट भएका थिए । पाँच वटाले काम गर्न नसकेपछि अनुदान लैजान पाएनन् ।”

म्याग्दीका दुई र मुस्ताङका तीन वटा फार्मले सम्झौता अनुसारको काम नगरेकाले अनुदान रोकिएको हो । अधिकांश कृषकहरुले गाइभैसी, बाख्रा, कुखुरा र भेडाको संख्या थप गर्न, खोर सुधार, माछा पोखरी निर्माण गरेका छन् । सबैले दुई लाख पचास हजार रुपैयाँका दरले अनुदान पाएका हुन् ।

कुल लागतको पचास प्रतिशत अनुदान र पचास प्रतिशत आफ्नै लगानीमा पुर्वाधार तथा क्षमता विस्तार गरेका कृषकहरुले बताएका छन् । बेनी नगरपालिका–२ हुलाकेको केसी पोल्ट्री फार्मका इश्वर केसीले अनुदानमा व्यक्तिगत लगानी थपेर कुखुराको खोरको क्षमता र संख्या थपेको बताउनुभयो ।

गरिरहेको ब्यवसाय बिस्तारमा सहयोग पुगेको कृषकहरुको भनाई छ । भेडाबाख्रा पकेट कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउपालिका–२ भुरुङ्ग तातोपानीको पुनहिल बाख्रापालन समुहले पाँच लाख र गाइभैसी पकेट कार्यक्रम अन्तरगत बेनी नगरपालिका–४ सिंगाको शुभकामना कृषि सहकारी संस्थाले पाँच लाख रुपैयाँ अनुदान पाएका छन् ।

बेनी नगरपालिका–३ भकिम्लीका श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फर्म र धवलागिरी गाउपालिका–७ को प्रेम पशुपालन तथा बहुउद्देश्यिय कृषि फर्मले एक÷एक लाख रुपैयाँ अनुदान पाएका छन् । ६ वटा मासु पसल सञ्चालकले फ्रेस हाउस सुधार कार्यक्रम मार्फत एक÷एक लाख, ४ वटा डेरी पसल सञ्चालकले डेरी पसल सुधारका लागि पचास÷पचास हजार रुपैयाँ अनुदान पाएका छन् ।

स्थानीय जातका बाख्राको नश्ल सुधार गर्न २० वटा फर्मलाई उत्नत जातको बोखा खरिद गर्न २५ हजार रुपैयाका दरले अनुदान दिएको कार्यालयले मुस्ताङको लेतेका ओमबहादुर बि.सी र बेनी नगरपालिका–४ सुर्केमेलाका तिलक गुरुङलाई राँगो किन्न ६०÷६० हजार अनुदान दिएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...