धौलागिरि खबर

कपडा तथा फेन्सी ब्यसायीहरुद्धारा श्रमदान गरेर पदमार्ग मर्मत

बेनी,। कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले शनिबार मोना बेनी–लभ्लीहिल पदमार्ग मर्मत र सरसफाई गरेका छन् ।

समितिमा आवद्ध २० जना ब्यवसायीहरुले श्रमदान गरेर बेनी देखि लभ्लिहिल जोड्ने पदमार्गको बिभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने र सरसफाई गरेका हुन् । ८÷९ ठाउँमा आवत जावत जोखिम हुने गरि खसेको पहिरो पन्छाइएको समितिका सचिब दामोदर शर्माले बताउनुभयो ।

बिहान साढे छ बजेदेखि दिउँसो ११ बजेसम्म श्रमदान गरेका थिए । समितिका अध्यक्ष रबी शर्माको नेतृत्वमा पदमार्ग मर्मत र सरसफाई गरिएको हो । गत वर्ष बेनी नगरपालिका, प्रवासी नेपाली म्याग्देली संघ (मोना) र म्याग्दी उद्योग बाणिज्य संघले बेनी देखि लभ्लिहिल जोड्ने पदमार्ग निर्माण गरेका थिए ।

समितिले गत असारका बाढी पहिरो पिडितलाई चार लाख रुपैयाँ मूल्य बराबरको जिन्सी कपडा जिल्ला विपद् ब्यवस्थापन समितिलाई उपलब्ध गराएको थियो । यसैगरी गत मंसिरमा बेनी नगरपालिकाभित्रका ७५ जना न्यानो कपडाबाट बञ्चित ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Loading...