धौलागिरि खबर

दरबन्दी मिलानका बिषयमा शिक्षक महासंघको ९ बुदे ध्यानाकर्षणपत्र

बेनी,। नेपाल शिक्षक महासंघ जिल्ला समिति म्याग्दीले शिक्षक दरबन्दी मिलानका सम्बन्धमा ९ बुदे ध्यानाकर्षणपत्र जारी गरेको छ ।

महासंघका अध्यक्ष जयराम सुवेदी र सचिब जगतकुमार सापकोटाले ध्यानाकर्षणपत्र जारी गर्दै दरबन्दी मिलानका सम्बन्धमा धारणा सार्वजनिक गर्नुभएको हो ।

कोरोनाको महामारीको अवस्थामा बर्षौदेखि रोकिएको दरबन्दी मिलानको बाहनामा शिक्षकहरुलाई आतंकित बनाइएको जनाउदै महासंघले २०७७ सालको विद्यार्थी संख्याको आधारमा दरबन्दी पुनबितरण गर्नुपर्ने माग राखेको छ । बिद्यालयमै पुगेर गणना गरिएको बिद्यार्थी संख्यालाई आधार बनाउनुपर्ने र हिमाली जिल्लामा शिक्षक बिद्यार्थी अनुपात २५ कायम गर्नुपर्ने माग गरेको छ ।

Rara Auto Mobiels

कक्षा ५ सम्मको पठनपाठन भएको विद्यालयमा २ जनाको दरबन्दी राख्दा सामुदायिक शिक्षा ध्वस्त हुने भएकाले ३ जना दरबन्दी कायम गर्नुपर्ने, साबिक उच्च मावि तहमा न्युनतम ३ दरबन्दी यथावत राखी थप दरबन्दी कायम गर्नुपर्ने, शिक्षा ऐन अनुसार दरबन्दी कायम गर्नुपर्ने र बिशेष कक्षा र प्राबिधिक धार सञ्चालन भएका विद्यालयमा थप दरबन्दी कायम गर्नुपर्ने महासंघको माग छ ।

शिक्षा विकास तथा समन्वय इकाई र पालिकाहरुलाई बुझाएको ज्ञापनपत्रमा महासंघको सुझाबलाई मनन नगरेर दरबन्दी मिलान कार्यमा सहभागी नहुने जनाएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...