धौलागिरि खबर

हरियालीको कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा (फोटो सहित )

Hariyali Groups Pvt Ltd

बेनी,। हरियाली ग्रुप प्रा.ली.ले बेनी नगरपालिका–४ सिंगामा सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राति नियन्त्रणमा लिइएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैबिक बिबिधता केन्द्र चितवनबाट आएको प्राबिधिक टोलीले राती ११ बजे चितुवालाई जिबितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिएका डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

‘रातको समयमा नियन्त्रणमा लिएर टोलिले धेरै टाढा लगेर गएको छ,’ उहाले भन्नुभयो ‘सुरक्षित रुपमा चितुवालाई नियन्त्रण गर्न सफल भइयो ।’ ठूलो क्षेत्रफलमा फैलिएको फार्म भित्र खुल्ला ठाउँ भएकाले नियन्त्रणमा लिन प्राबिधिक टोली बोलाइएको थियो ।

Rara Auto Mobiels

जैबिक बिबिधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राबिधिक किरणराज रिजाल, बन्यजन्तु प्राबिधिक दिप्रसाद चौधरी र जुनियर बन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।

डिभिजन बन कार्यालयका प्रमुख खनाल सहितका प्राबिधिक, भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, सिंगा तातोपानी प्रहरी चौकीको टोली, फार्मका कर्मचारी र स्थानीयबासीले चितुवा नियन्त्रणमा लिन सघाएका थिए ।

दुई देखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाई, ५२ सेन्टिमिटर उचाई र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । पशु चिकित्सक सडौलाले नेपालको पुर्व देखि पश्चिम सम्मका सबै ठाउँमा भेटिने वन्यजन्तु नियन्त्रण र उद्धारका लागि केन्द्रको टोली खटिने गरेको बताउनुभयो ।

‘कोरोनाको जोखिमका बिच पनि देशका सबै ठाउँमा पुगेर बन्यजन्तु नियन्त्रण र उद्दारको काम गरिरहेका छौ,’ उनले भन्नुभयो । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए । चितुवाले पु¥याएको क्षतिको बिवरण शनिबार बिहान संकलन गरिने हरियाली ग्रुप प्रा.लिका महाप्रबन्धक शेरबहादुर केसीले बताउनुभयो ।

धेरै कालिज मारेको अनुमान छ । बिहान साढे ६ बजे चल्लालाई दानापानी दिन गएकी फार्मकी कर्मचारी मनिषा थापालाई झम्टन खोजेपछि चितुवा पसेको थाहा पाएका थिए । त्यसपछि प्रशासन, प्रहरी र बन डिभिजनमा खबर गरेका थिए ।

मसिनो तारजालीले घेराबार गरिएको कालिज फार्मको माथि पलास्टिकको नेट राखिएको छ । खेतबाट नेटमा फरालेर च्यातीएपछि फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको थिएन् ।

Chadani auto head

हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक बनकुखुरा भनिने कालिज पालन सुरु गरेका छन् । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महीनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ ।

कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

सात हजार कालिज पालनका लागि फार्मले पाँच रोपनी जमिनमा खोर बनाएको छ । चल्लालाई खोरमा राखिएको छ । हुर्कीएका कालिज राख्न नेट राखिएको खुल्ला ठाउँमा प्राकृतिक हिसाबले बस्न मिल्ने खोर छ ।

कालिजको साथै स्थानीय जातका कुखुरा पनि पाल्न सुरु गरेको छ । पहिलो चरणमा ६०० वटा लोकल कुखुराका चल्ला ल्याएर पालेका छन् ।

यसअघि काठमाडौ र पोखरा लगायत विभिन्न सहरमा कालिजपालन भएको थियो । कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अगुवाईमा ३६ जना जग्गाधनी कृषक सहित ५५ जनाको पाँच करोड लगानीमा स्थापना भएको हरियाली समुहले १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको छ ।

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले परियोजना धितोमा राखेर पाँच करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । फार्ममा हालसम्म १० करोड रुपैयाँ लगानी भएको छ ।

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गरेका हुन् ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको यस अवधारणलाई “हरियाली मोडेल” नाम दिइएको छ ।

हालसम्म कुनै निकायबाट अनुदान नलिएको यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...