बिमको ढुनोटमा बिजुली बल्यो

Beni Sanjibani

बेनी,। म्याग्दीको मालिका गाउँपालिका–७ बिमको ढुनोट गाउँमा शुक्रबारदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा पुगेको छ ।

नेपाल बिद्युत प्राधिकरण र मालिका गाउँपालिकाको सहकार्यमा ढुनोटमा विद्युतीकरण गरिएको हो । ३९ घरधुरीको बसोबास रहेको ढुनोट गाउँमा केन्द्रीय लाइनको बिजुली बालिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

Aantarik mamila Bal Marry sambandi

ढुनोटमा बिद्युतीकरणका लागि मालिका गाउपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा नौ लाख रुपैयाँ बिनियोजन गरेको थियो । “गत चैत महिनामै बिजुली बाल्ने गरि सबै तयारी भएको थियो,” वडा अध्यक्ष जुग्जालीले भन्नुभयो “कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको बिजुली बाल्ने योजनाले पूर्णता पाएको छ ।”

Mangala Health notice

ढुनोट सहित बिमका सबै बस्तिमा केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा पुगेको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण बिममा अवरुद्ध भएको बिद्युत स्थानीय युवा क्लवको अगुवाइमा मर्मत गरेर सञ्चालन गरिएको थियो ।

ढुनोटका बासिन्दाले यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट र सोलार प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको बिद्युत सुबिधा भएपछि स्थानीयबासीको दैनिकि सहज हुने अपेक्षा गरिएको छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...