धौलागिरि खबर

प्रबिधिमैत्री शिक्षक समाजको भर्चुअल अन्तरक्रिया

बेनी, । प्रबिधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशले म्याग्दी–मुस्ताङमा कार्यरत शिक्षक शिक्षकहरुको लागि आइसिटी सम्बन्धी आधारभूत एकहप्ते प्रशिक्षण गर्न को लागि बृहत भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रबिधिमैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेश का अध्यक्ष नारायण पौडेल अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रबिधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष भुपती बस्यालले गर्नुभएको थियो । म्याग्दी र मुस्ताङ जिल्लाका शिक्षकहरु सहभागी कार्यक्रममा प्रबिधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देबिप्रसाद शर्माले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै केन्द्रीय अध्यक्ष बस्याल, गण्डकी प्रदेश अध्यक्ष नारायण पौडेल, गण्डकी प्रदेश सहसचिव श्रीकृष्ण आचार्य, प्राबिधिक समिति सदस्य मदन सुवेदी, मङगला गाउपालिकाका स्रोत ब्याक्ति डेक बानिया, दिपशिखा मा. बि का प्र.अ डा.नन्दबहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन गण्डकी प्रदेश सचीव संविधान लामिछाने ले गर्नुभएको थियो । अन्तरक्रिया पछि केन्द्रिय प्राबिधिक सदस्य केशव कडेलको संयोजकत्व मा म्याग्दी–मुस्ताङका शिक्षकहरू सम्मीलित २१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको प्रबिधिमैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेश कार्यसमिति सदस्य रामचन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...