धौलागिरि खबर

हरियालीको कालिज फार्मभित्र चितुवा पस्यो

बेनी, । बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपको कालिज फार्मभित्र शुक्रबार बिहान चितुवा पसेको छ ।

फार्म भित्र पसेको चितुवाले कालिजका चल्ला मारेको छ । बिहान साढे ६ बजे कर्मचारी दाना दिन फार्मभित्र जाँदा चितुवा भेटिएको थियो ।

‘कालिजका चल्लालाई चारो दिन गएकी कर्मचारीलाई लखेटेपछि भागेर बाहिर निस्किइन,’ हरियाली ग्रुपका महाप्रबन्धक शेरबहादुर केसीले भन्नुभयो ‘४०० चल्ला छन् । कति मारेको छ भनेर एकिन भएको छैन् ।’ चितुवा पसेको फार्मभित्र चार महिनाका चल्ला छन् ।

Rara Auto Mobiels

नजिकै अर्को फार्ममा १०० हजार बयस्क कालिज छन् । मसिनो तारजालीले घेराबार गरिएको कालिज फार्मको माथि पलास्टिकको नेट राखिएको छ । खेतबाट नेटमा फरालेर च्यातीएपछि फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको छैन् ।

जिल्ला प्रशासन, प्रहरी, सेना, बन डिभिजन कार्यालयलाई चितुवा नियन्त्रणमा लिनका लागि अनुरोध गरिएको महाप्रबन्धक केसीले बताए । बन डिभिजनका प्राबिधिक, प्रहरी र सेनाको टोली घटनास्थल पुगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट उपकरण ल्याएर चितुवालाई बेहोस बनाई नियन्त्रणमा लिएर बाहिर निकाल्न पहल गरिएको घटनास्थल पुगेका बन डिभिजन कार्यालयका प्राबिधिकले बताएका छन् । फार्मको ढोका खोलेर दिउँसो बाहिर निकाल्न खोज्दा मानिसलाई आक्रमण गर्ने खतरा हुने उनिहरुको भनाई छ ।

हरियाली ग्रुपले गत चैतमा काठमाडौको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको चल्ला ल्याएर धौलागिरि क्षेत्रमै पहिलो पटक बनकुखुरा भनिने कालिज पालन सुरु गरेका थिए ।

चल्ला हुर्किएपछि मासुका लागि बिक्री गर्न थालेको छ । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महीनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...