धौलागिरि खबर

५८ प्रतिशत निजी आवास पुननिर्माण

बेनी, ः म्याग्दीमा करिब तीन वर्षको अवधिमा ५८ प्रतिशत भुकम्प पिडितले निजी आवास पुननिर्माण गरेका छन् । २०७२ बैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरेका मध्य हालसम्म ५५७ जनाले आवास पुननिर्माण सकेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका अधिकृत यज्ञप्रसाद रिजालका अनुसार एक हजार ६५ जना लाभग्राही आवास पुननिर्माण सकेर अन्तिम किस्ता लैजानेको संख्या ५८ प्रतिशत पुगेको छ ।

“९५० जना लाभग्राहीले पचास हजार रुपैयाँका दरले पहिलो किस्ता अनुदान लगेका थिए,” उहाले भन्नुभयो “पहिचान भएका मध्य ११५ जनाले सम्झौतानै गरेनन् ।” ६२५ जनाले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्य २ जनाले अनुदान फिर्ता गरेका छन । ३२५ जनाले दोस्रो र ३९३ जनाले तेस्रो किस्ता अनुदान लैजान बाँकी छ ।

Rara Auto Mobiels

भूकम्पबाट कम प्रभावित जिल्लाको सूचिमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिर देखि लाभग्राहीको खातामा अनुदान पठाएर निजी आवास पुननिर्माण सुरु गरिएको थियो । दोस्रो किस्ता वापत डिपिसी गरेपछि एक लाख पचास हजार र भवन बनाएपछि अन्तिम किस्ता वापत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राबिधिक आउनुअघि बनेका १४२ वटा घरका धनीलाई एकमुष्ठ रु. दुई लाख पचास हजारका दरले भुक्तानी गरिएको छ । उनिहरुले यसअघि रु. पचास हजारका दरले अनुदान लगेका थिए ।

छुट तथा पुनसर्वेक्षणबाट प्रवलीकरण र नियमित गर्नुपर्ने १८२ जना लाभग्राही थपिएका छन् । उनिहरुमध्य १४२ जनासंग सम्झौता भएको छ । २०७७ भदौ मसान्तसम्म सम्झौताको समय छ । २०७३ पुषमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो ।

पहिलो किस्ता लगेर घर पुननिर्माण सुरु गरि दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुननिर्माणमा चुनौति देखिएको छ । पुननिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न स्थानीय तह मार्फत ताकेता गरिएपनि प्रभावकारी भएको छैन् ।

भुकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरि अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप रु. दुई लाखका दरले उपलब्ध गराइएको छ ।

प्राधिकरण मार्फत सञ्चालित १८.५४ किलोमिटर दुरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको जोखिम, बन्दाबन्दी र निषेधाक्षाका कारण घर गएका मजदुर फर्किन नसक्दा आयोजना प्रभावित भएको छ । पोखरेबगर–पाउद्धार सडक अन्तरगत घारखोलामा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएपनि कार्यान्वयन भएको छैन् ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...