धौलागिरि खबर

दिच्याम र भकिम्लीमा सतुवा खेती

बेनी,। म्याग्दीको मालिका गाउपालिका–६ दिच्याम र बेनी नगरपालिका–३ भकिम्लीमा ब्यवसायिक सतुवा खेती सुरु भएको छ ।

डिभिजन बन कार्यालय म्याग्दी मार्फत दिच्याममा सामुदायिक वन उपभोक्ता समूह र भकिम्लीमा कृषि सहकारी संस्थाले सतुवा जातको जडिवुटी खेती सुरु गरेका हुन् ।

उच्च पहाडी क्षेत्रमा बाझिएको जमिनको सदुपयोगसँगै स्थानीयको आयआर्जन सुधार गर्ने उद्देश्यले उच्च बजार मूल्य भएको बहुउपयोगी सतुवा खेती गर्न सघाएका डिभिजन बन कार्यालयका सहायक बन अधिकृत नबिन बिश्वकर्माले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

भकिम्ली ग्रामिण कृषि सहकारी संस्थाले सहकारी मार्फत जडिवुटी खेति बिस्तार, भण्डारण, प्रशोधन र बजारीकरण कार्यक्रम अन्तरगत पच्चिस हजार सतुवाका बिरुवा रोपेको छ । ३५ जनाले सतुवा खेती गरेका सहकारीका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।

बाँझो खेतियोग्य जमिनलाई खनजोत र मल राखेर पैतीस हजार सतुवाका बिरुवा रोपेको उहाले बताउनुभयो । सतुवाका साथै टिम्मुर खेती र संकलन केन्द्रको भवन बनाउन सहकारीलाई बन डिभिजन कार्यालयले गत आर्थिक वर्षमा २४ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
जडिबुटी संकलन गर्ने भवन समेत निर्माण गरेको अध्यक्ष थापाले बताउनुभयो । यसैगरी जडिवुटी उत्पादन भण्डारण तथा प्रसोधन कार्यक्रम अन्तरगत दिच्यामको दहपातल ठूलोचौर गोजा रातोभिर सामुदायिक बन उपभोक्ता समूह मार्फ २४ हजार सतुवाका बिरुवा रोपिएको छ ।

समूहका अध्यक्ष दधीलाल आचार्यले २५ जनाले एक देखि डेढ रोपनीमा सतुवा खेती गरेको बताउनुभयो । तीन जना कृषकले सतुवा लगाएको ठाउँ पहिरोले पुरिदिएको छ । यसैगरी मंगला गाउपालिका–२ हिदीमा रहेको हिमचुली कृषि तथा पशु फार्मले पनि १५ हजार सतुवा रोपेको छ ।

कृषि बन विकास कार्यक्रम मार्फत रघुगंगा गाउपालिका–८ झिङखानीको कृषक समूहले चार लाख रुपैयाँ अनुदान पाएको छ । तीन हजार सतुवा, एक हजार सात सय टिम्मुर, १०० एभोकाडो र ३०० वटा दाते ओखरका बिरुवा रोपेका छन् ।

सतुवा खेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । गत वर्ष धवलागिरी गाउपालिकाले ११७ जना कृषकहरुलाई ८० हजार सतुवा वितरण गरेको थियो ।

प्राकृतिक रुपमा पनि सतुवाको राम्रो उत्पादन हुने यस क्षेत्रमा व्यवसायिक सम्भावनाका आधारमा सतुवा खेतीलाई प्राथमिकता दिएका छन् । समुन्द्रि सहतदेखि एक हजार ५०० देखि दुई हजार पाँच सय मिटरको उचाईको चिस्यान, ओसेपीलो र मलीलो माटो भएको भुगोलमा सतुवा खेती गर्न सकिन्छ । बजारमा हाल दश हजार रुपैया भन्दा बढीमा प्रतिकिलो सतुवा बिक्री भैरहेको छ । लगाएको तीन वर्षमा सतुवा खेतीबाट आम्दानी लिन सकिन्छ ।

सतुवा शक्तिव्रद्र्धक र बिषादी विरुद्धको औषधीको रुपमा प्रयोग हुने डिभिजनल बन अधिकृत सन्तोष खनालले बताउनुभयो । म्याग्दीबाट निकासी हुने जडिवुटी मध्य सतुवा अगाडी छ । दरबाङ, लुलाङ, मुदी, गुर्जा, देवीस्थान, कुइनेमङ्गले, चिमखोला, मल्कबाङ, पाखापानी, दोबा लगायतका क्षेत्रबाट वार्षिक २५ लाख रुपैयाँ भन्दा बढी मूल्यको एक हजार दुई सय किलोग्रामको अनुपातमा सतुवा भारत र चिनमा निकासी हुने गरेको छ । सतुवा संकलन तथा निकासीका लागि प्रतिकिलो तीस रुपैया राजस्व तिर्नुपर्छ ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...