धौलागिरि खबर

बेनीमा १०७ औ बिपि जयन्ति

Beni Sanjibani

बेनी, २४ भदौ । नेपाली कांग्रेस म्याग्दीले बुधबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ति मनाएको छ ।

Chadani auto head


विपी जन्यन्तिको अवसरमा बेनी स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।


राणा शासन, दोस्रो जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देखि संविधानसभामार्फत नयाँ संविधान जारी गर्न कांग्रेसले नै नेतृत्व गरेकाले संकटमा कांग्रेसले नै देशको नेतृत्व गर्ने गरेको पूर्व सभापति एवम् संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले बताउनुभयो ।
त्यस्तै पार्टी सभापति खम्बीर गर्बुजाले पार्टीका गतिविधिलाई तिब्रता दिदैं जिल्लामा कांग्रेसलाई थप बलियो बनाउने अभियानमा आफ्नो क्षेत्रबाट सक्रिय हुने नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका सहसचिव देवी बुढा, जिल्ला कार्यसमिति सदस्य याम हर्मेल, तरुण दल अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्व सभापति डा. भुपेन्द्र बहादुर खड्का, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।
नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव मिनबहादुर कार्कीले गर्नुभएको थियो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...