धौलागिरि खबर

लायन्स क्लवद्धारा पहिरो पिडितलाई सहयोग

बेनी । म्याग्दीका ८० घरधुरी पहिरो पिडितलाई लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले बुधबार ४ लाख रुपैयाँ बराबरको राहत साम्रागी सहयोग गरेको छ ।

बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४ घरपरिवारलाई स्थानीय तहमार्फत राहत सहयोग गरेको क्लबले जनाएको छ ।

बाढी, पहिरोबाट पीडित भएकाहरुलाई लायन्स क्लब अन्र्तराष्ट्रियबाट उपलब्ध भएको राहत सहयोग स्थानीय तह मार्फत उपलब्ध गराउन सुरु गरिएको क्लबका सचिबालय सल्लाहकार सन्तोष रावलले जानकारी दिनुभयो ।

बुधवार बेनीमा आयोजित एक कार्यक्रममा बेनीका २९ घरधुरी बाढी, पहिरो पीडितहरुको लागि राहत हस्तान्तरण गरिएको थियो । बेनीमा क्रियाशिल लायन्स क्लबहरुको संयोजनमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई सहयोग साम्रागी हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले बास्तविक पीडितहरुको पहिचान गरि राहत वितरणलाई प्रभाबकारी बनाउन प्रशासनले आबश्यक पहल लिएको बताउदै आबश्यकतामा आधारित राहत सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । प्रतिपरिवार १ थान त्रिपाल, १ ब्लाङ्केट, म्याटेस, एक बोरा चामल, १ केजी दाल, १ केजी चिनी, नुनतेल लगायतका सामाग्री उपलब्ध गराईएको रहेको लायन्सका रिजन लोकेश पुनमगरले जानकारी दिनुभयो ।

मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय स्तरमा रहेका लायन्सका क्लबहरु मार्फत नै राहत वितरण गरिने जनाईएको छ । कार्यक्रममा कलष्टर प्रमुख सुनिता केसी, जोन चियर पर्सन ठाकुरप्रसाद शर्मा लगायत बेनीमा रहेका क्लबका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Loading...