धौलागिरि खबर

ताकमका पहिरो पिडितलाई आइएनएफद्धारा जस्तापाता र स्वास्थ्य सामग्री सहयोग

Beni Sanjibani

बेनी, । आइएनएफ नेपाल पोखराले धवलागिरी गाउपालिका–७ ताकमका पहिरो पिडितलाई जस्तापाता र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

धारापानी, ताकम, आटेबिर, काफलडाडा, शिवाङ, काफलडाडा र मच्छिमका २७ घरधुरीलाई २६ गेजको दुई÷दुई बण्डल जस्तापाता सहयोग गरेको हो । यसैगरी ७० घरधुरीलाई साबुन, टुटपेष्ट, ब्रस, साबुन लगायत सरसफाई सामग्री सहितको (हाइजेनिक) किट बक्स सहयोग गरेको संस्थाले जनाएको छ ।

आइएनएफ नेपाल पोखराका विपद् जोखिम न्युनीकरण संयोजक हरिबन्धु अर्याल, मानब संसाधन विकास ब्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा लजिस्टिक म्यानेजर जिबन गुरुङको टोलीले वडा अध्यक्ष कलानिधी सुबेदीको उपस्थितिमा पिडितलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Rara Auto Mobiels
Chadani auto head

गाउपालिकासँग समन्वय गरेर वडा कार्यालयले सिफारिस गरेका पिडितहरुलाई जस्ता र स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ । वडा अध्यक्ष सुबेदी, वडा सदस्य अमृता भण्डारी र आइएनएफका पुर्व कर्मचारी धारापानीका अगुवा रिमप्रकाश थापाले ताकममा धेरै वर्षअघि कृषि, स्वास्थ्य, खानेपानीको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको आइएनएफले विपद्मा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

आइएनफ नेपाल पोखराका विपद् जोखिम न्युनीकरण संयोजक अर्यालले सहयोगका लागि संस्थामा कार्यरत शिवाङका लेखनाथ केसीले पहल गर्नुभएको जानकारी गराउनुभयो । गाउपालिकाले केसीलाई पोखरामा राहत तथा सहयोग जुटाउनका लागि समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।

गत असार २५ र २६ गतेको पहिरोमा धवलागिरी गाउपालिका–६ मराङमा १९ जना, मालिका गाउपालिका–७ बिममा ८ जनाको मृत्यु र तीन जना बेपत्ता भएका थिए । मराङ, बिम, ताकम, धारापानी, काफलडाडा लगायतका बस्ति पहिरोबाट प्रभावित भएका छन् ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...