धौलागिरि खबर

फ्रन्टलाइनरलाई जेसीजको फेस शिल्ड सहयोग

बेनी, । म्याग्दी जेसीजले बुधबार कोरोना (रोकथाम) र नियन्त्रणमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्य र सुरक्षाकर्मीहरुका लागि फेस शिल्ड सहयोग गरेको छ ।

स्थानीय रुपमा तयार पारिएको फेश शिल्ड बेनी अस्पताल, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

अस्पताललाई १०० थान, प्रहरीलाई १२० थान र ट्राफिकलाई २५ थान फेस शिल्ड उपलब्ध गराएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

म्याग्दी जेसीजका पुर्ब अध्यक्ष क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष खम थापा र कार्यकारीणी उपाध्यक्ष सुमन श्रेष्ठको उपस्थितिमा सम्बन्धित निकायका प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो ।

म्याग्दी जेसीजले कोरोना रोकथाम, न्युनीकरण र नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...