धौलागिरि खबर

लामगराका रामबहादुरको उपचारका लागि सहयोगको अपिल

Beni Sanjibani

बेनी, । कलेजोको क्यान्सर भएर थलिनुभएका बेनी नगरपालिका–१ लामगराका ४३ वर्षीय रामबहादुर घर्तीको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।

उपचारका लागि आर्थिक अभाव भएपछि लामगराका आमा समूहको अगुवाइमा आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरेका हुन् ।

२०७६ पुष १३ गतेदेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहनुभएका घर्तीको थप उपचारका लागि आर्थिक अभाव भएको स्थानीय अगुवा कमल थापाले जानकारी दिनुभयो ।

Gose add
Chadani auto head

“हालसम्म जायजेथा, नगद र ऋण खोजेर दश लाख रुपैयाँ खर्च भैसकेको छ,” उहाले भन्नुभयो “उहाँको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका व्यक्ति तथा संघ संस्थालाई सहयोगको अपिल गरेका छौ ।”

हुलाक कार्यालयमा हलकराका रुपमा काम गर्नुभएका घर्ती बिरामी परेपछि सो जागिर पनि छोड्नुभएको छ । उहाँका परिवार खेतीकिसानी गरेर जिविकोपार्जन गर्दै आएका छन् । इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंक लिमिटेडको बेनी शाखामा रामबहादुर घर्तीको नाममा रहेको २९–३६–५२४–१७८१२८–०१–२ नम्बरको खातामा नगद जम्मा गर्न सक्नुहुनेछ् ।

जागृति आमा समूह लामगराको नेतृत्वमा १९ सदस्यीय कार्यदल बनाएर बेनी नगरपालिकाको वडा न. १ मा सहयोग जुटाउन युवा, महिला र अगुवाहरुले घरदैलो गरेका छन् । बेनी नगरपालिकाले पन्ध्र हजार रुपैयाँ सहयोग गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि यसअघि सहयोग गरिसकेको थापाले बताउनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...