
बेनी,। बेनीको क्याम्पसचोक र कालीपुलमा बाढीले हैरान बनाएको छ ।
क्याम्पसचोक र अस्पचालचोकमा पाखोबाट आएको बाढी नालीमा नअटाएर बाहीरबाट बगेर हिलाम्मे बनाएको हो । सडक हिलाम्मे हुनुका साथै घर तथा पसल अगाडी लेदो र गेगर थुप्रिएको क्याम्पसचोक टोल सुधार समितिका संयोजक ठाकुर शर्माले बताउनुभयो ।
‘१२ वटा घरको अगाडी हिलो, गेगर र लेदो थुप्रिएको छ,’ उहाले भन्नुभयो ‘पाखोको पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबीयनका कारण थप बाढी आएर ठूलो क्षति हुनबाट बचायो ।’ क्याम्पसचोकमा सोमबार राती यो बर्खामा ठूलो बाढी आएको चौथो पटक हो ।


बाढी आउने पाखोमा खसेको पहिरो नियन्त्रण गर्न नगरपालिकाले २६ थान ग्यावीयन जालीको पर्खाल लगाएर हिजो मात्र सकिएको थियो । बेनीको मुख्य ब्यापारिक स्थल क्याम्पसचोकमा विगत एक दशकदेखि बाढीले दुख दिदै आएको छ ।
बेनी–पाखापानी सडकको आपँरुख खण्डबाट आउने भल पाखोमा मिसिएर बाढीको रुप लिने गरेको छ । यसैगरी बेनीकै अस्पताल चोक हुदै जामुनाखर्क जोड्ने सडकबाट आएको बाढीले कालीपुल बसपार्क क्षेत्रमा गेगर र लेदो थुप्रिएको छ ।
जथाभावी डोजर प्रयोग गरेर सडक खनिएका कारण बाढी आएको कालीपुलका बासिन्दाले बताएका छन् । साउन ३० गते राती बेनी–अर्थुङ्गे सडकबाट आएको बाढीले मंगलाघाटमा सात वटा घर सहित सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
क्याम्पसचोकमा थुप्रिएको बाढी डोजर परिचालन गरेर पन्छाएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।
