धौलागिरि खबर

अस्पतालको फोहोर जलाउँदा प्रदुषण

बेनी,। बेनी अस्पतालमा निस्कने फोहोर जलाउँदा प्रदुषण भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

अस्पताल जन्य फोहोरमा आगो लगाएर नष्ट गर्ने क्रममा निस्किएको प्रदुषित धुवाँले वरपरका बासिन्दाको स्वास्थ्यमा असर गरेको गुनासो गरेका हुन् । मेडिकल जन्य फोहोर जलाउदाँ आउने धुँवाले आँखा पिरो बनाउने र दुर्गन्ध फैलिएको छ ।

स्वाशप्रस्वासको माध्यमबाट शरिरभित्र पसेर स्वास्थ्यमा असर गर्न सक्ने खतरा देखिएको अस्पतालचोकका बासिन्दा कमल पौडेलले गुनासो गर्नुभयो । हप्ता हप्तामा अस्पतालको भवन पछाडी आगो लगाएर साँझ र रातीको समयमा फोहोर जलाउने समयमा वरपरका बासिन्दालाई दुर्गन्धले सताएको पौडेलले गुनासो गर्नुभयो ।

Rara Auto Mobiels

अस्पतालजन्य फोहोर संवेदनशिल मानिन्छ । सुरक्षित रुपमा ब्यवस्थापन गर्नुपर्ने हुन्छ । बेनी अस्पतालमा फोहोर ब्यवस्थापन सुरक्षित नभएको विगतदेखिकै गुनासो हो । यसअघि पनि आगो लगाएर औषधी नष्ट गर्ने क्रममा बजारमा प्रदुषित धुँवा फैलिएपछि स्थानीयले बिरोध गरेका थिए ।
बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले सुरक्षित रुपमा फोहोर ब्यवस्थापन गर्ने भवन निर्माण भैसकेको बताउनुभयो । भारतमा आइपुगेको फोहोर निर्मलीकरण र प्रसोधन गर्ने उपकरण ल्याएर जडान गरेपछि सुरक्षित रुपमा फोहोर ब्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...