धौलागिरि खबर

दानाका पहिरो पिडितलाई बेलायतमा डेढ लाख संकलन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानाका बाढी पहिरो पिडितहरुलाई बेलायतमा आर्थिक सहयोग संकलन भएको छ ।

स्टालिग गोर्खा नेपलिज एसोशियसन (इजिएनए)ले एक लाख ५१ हजार ९०० नेपाली रुपैयाँ सहयोग जुटाएको हो । बेलायतमा रहनुभएका दानाका कमलबहादुर पुर्जाले संकलित रकम बाढी पहिरो पिडितहरुलाई उपलब्ध गराउन नेपाल पठाइने जानकारी दिनुभयो ।

१६ जना ब्यक्तिहरुबाट सो रकम संकलन गरिएको थियो । दानामा बाढीले बगाएर एक जना र पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो । फगामका १७ घर बिस्थापित भएका छन् । पुरै गाउँ जोखिममा परेको छ ।

दानामा एक वटा ब्लक उद्योग, तितरमा एक वटा घर बगाएको छ । रुप्से झरना परिसरमा सञ्चालित एक वटा होटलको साथै निर्माणाधिन र चालु अवस्थाका मोटरेबल पुल तथा पर्यटकीय पूर्वाधार बाढीले बगाएको थियो । काभ्रे गाउँमा पनि केही घर पहिरो र कटानको जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...