पहिरोको वितन्डामा मेरो अनुभव

Beni Sanjibani

प्रकाश परियार
यो संसार अनिश्चितताले भरिएको रहेछ । कति खेर कहाँ के हुन्छ केही अनुमान गर्न नसकिने । हिड्दा हिड्दैको मान्छे ठेस लागेर मर्न पनि सक्ने । अघि भर्खर देखेर मुसुक्क मुस्कान साटासाट गरेको मान्छे अर्को दिन नदेखिने । केही पनि सोचे जस्तो नहुने । केही पनि हामीले चाहे जस्तो नहुने । यस्तै अनिस्चितताले भरिपुर्ण जिवनमा एउटा सोच्दै नसोचेको, प्रलयकारी दर्दनाक दुर्घटना घट्न पुग्यो धवलागिरी गाउँपालिकाको वडा नं. ६ मराङ्ग र ७ ताकममा । जहाँ हिजो भर्खर देखिएका घरहरु घरजस्ता थिएनन्, हिजो भर्खर देखिएको ठाउँ फरक भैसकेको थियो । हिजो भर्खर सकुसल देखिएका मान्छेहरु कोहीको मृत्यु भइसकेको थियो, कोही घाइते भएका थिए, कोही वेपत्ता भएका थिए । ढिलै भए पनि त्यहि दिनको घटनाको प्रत्यक्ष अनुभव यहाँहरु समक्ष बाँड्न गइरहेको छु ।
धवलागिरी गाउँपालिकाको मराङ्गको भौगोलिक अवस्था अग्ला अग्ला डाँडा र भिरालो जमिन रहेको छ । त्यहि भिरालो जमिनमा टाढा टाढा छरिएका वस्तिहरुछन् । यहाँका प्राय मानिस जिविकोपार्जनको लागि कृषि पेशामा संलग्न भएकाछन् । यहाँको मान्छेको आयस्तर एकदमै न्युन रहेको छ । मराङ्गका, बुल, कल्लेनी, राम्चे, कुम्री, दमका, ठुलो गाउँ, सेभरा, अर्वाङ्ग, रिख आदि ठाउँमा बाहुन, क्षेत्री, मगर, वि.क., नेपाली, परियार, गुरुङ्ग आदि जातिहरुको बसोबास रहेको छ । यसरी हेर्दा लाग्छ मराङ्ग वडा विभिन्न जातजातिको साझा फुलबारी हो । ति मध्य आजभोली शिक्षाको विकास र आर्थिक सम्पन्नता र मराङ्गमा विकासको कछुवाको गतिले गर्दा बाहुन र क्षेत्रीहरुको संख्या मराङ्गमा घट्दै गइरहेको छ, उनिहरुको बसाइसराईले गर्दा । यस क्षेत्रमा हिन्दु धर्म मान्नेहरुको बाहुल्यता छ भने क्रिस्चिएन धर्ममा आस्था राख्नेहरु नगन्य मात्रामा रहेका छन् । यहाँको समुदायमा आ–आफ्नो हकहित र जनचेतना जागरणकोलागि दलित समुह, मगर समुह र हरेक समुदायमा आमा समुहहरु सक्रियरुपमा काम गरिरहेकाछन् । हो त्यहि समुदायमा २०७७÷०३÷२६ गते रातको १२ बजे आएको पहिरोबाट अकल्पनिय क्षेती भएको छ । मराङ्गमा यो भन्दा पहिले पहिरो नगएको होइन तर यति धेरै संख्यामा जनधनको क्षेती भएको थिएन । यसपालि दुःखद घटनाले भए पनि राज्यका सम्पुर्ण संयन्त्र र मानिसको ध्यान एकपटक तान्न सफल भयो मराङ्गले ।

Aantarik mamila Bal Marry sambandi


असार महिनाको १९ गते देखिको ७ दिनको अविरल वर्षाको कारणले भिरालो जमिन पुरै भिजेको, सानासाना खोला पनि कोकोहोलो मच्चाई मच्चाई बग्दै थिए, खोल्साखोल्सी पानीले भरिएका थिए, नयाँ पुराना ठाउँबाट मुलहरु फुटिरहेका थिए भने मुसलधारे पानी र कुहीरोले गर्दा एउटा गाउँबाट अर्को गाउँ नदेखिने र आवतजावत गर्न पनि एक्दमै मुस्किल थियो । २६ गते पनि मुसलधारे पानी परिरहेकै थियो । दिनभरीको कामको थकानले गर्दा बेलुकी ९ बजे खाना खाएर सुतिरहेका थियौँ । त्यसैबखत करिव रातको १ बजेर ३० मिनेट जाँदा मेरो निन्द्रा खुल्यो । पानी अविरल परिरहेकै थियो । टर्च बालेर बाहिर निस्कँदा अर्को गाउँ तिर झल्याक झुलुक टर्च बालेर मान्छेहरु हतार हतारमा वरपर गरेको देँखे । पहिला त एक मनले सोचे आज चोरहरुले कस्को घर फोरेछन् फेरी अर्को मनले कतै केहि अनिस्ट त भएन भनेर साच्यो । दोश्रो सोचाइले मनमा चिसो पस्यो । सोही समयमा प्रगती युवा क्लवका अध्यक्ष श्री चक्र पुन लाई फोन गर्दा उहाँले रिखमा पहिरोले तिन घर पुरिएको र उद्धारको लागि हामी युवा क्लवको साथी जम्मा भइरहेका छौँ तिमी पनि आउ भन्नु भयो र म पनि मेरो घर वरपरकाहरु एकैठाउँमा बस्नु भन्दै साथीहरु जम्मा भएको स्थल श्री जन विकास आधारभुत विद्यालय तिर लागेँ । मराङ्गमा राष्ट्रिय विद्युत प्रसारण लाइन नजोडिएको र स्थानिय विद्युत गृहमा पहिरोले क्षेती पु¥याए पछि पुरै मराङ्गमा अन्धकार छाएको थियो । अन्ध्यारो मध्ये रातको समय अविरलरुपमा पानी परिरहेकै थियो, खोलाहरु सुसाउदै बगिरहेका थिए, त्यो समयमा आफ्नै ज्यान जोखिममा पारेर उद्धार गर्न नसकिने ठहर गर्दै हाम्रो युवाहरुको समुहले अलिकती उज्यालोलाई पर्खिने निर्णय ग¥यो । नत्र उद्धार गर्न गएकाहरुलाई नै फेरी उद्धार गर्नुपर्ने अवस्था आउन सक्थ्यो । साथीहरु सँगै बस्दा पनि कहाँ कहाँ के के भयो होला ? मान्छेहरुलाई के भयो होला ? यस्तै नाना थरिका कुराहरु मनमा खेलिरहेका थिए । त्यतिकैमा करिव विहानको ४ बजे तिर फेरी ठुलो आवाजको साथ अर्को पहिरो गयो । हामी सबै युवा साथीहरु आत्तियौँ । कसैलाई पनि केहि नहोस भनि प्राथना गर्दै उज्यालोलाई पर्खियौँ । अलिकती उज्यालो छरिए पछि बाटोमा ढलेका रुखहरु र झरेका पहिरोहरु पन्छाउँदै पहिरो गएको ठाउँ रिख पुगेउँ ।
युवा क्लव र गाउँलेहरुको सक्रिय सहयोगमा पिडितहरुको उद्धार गरियो र घाइतेहरुको सामान्य प्राथमिक उपचारको लागि पठाइयो । राति देखि बसिरहेका पिडित परिवारलाई खानाको व्यवस्थापन युवा क्लवले गरेको थियो साथै मानिसहरुलाई सुरक्षित ठाउँमा राख्नको लागि सबै मानिसहरु कुम्री, दमका, बेसीका बासिन्दालाई अर्वाङ्ग विद्यालयमा जम्मा गरियो । अव के गर्ने भन्ने अन्योलकै समयमा गैसस र संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले फोन गरी त्यहाँ विस्थापितहरुलाई सामान्य खाजाको रुपमा चाउचाउँ, विस्कुट वितरण गर्ने आदेश दिए पछि सबैलाई पुग्ने गरि युवा क्लवको सहयोगमा सामुदायिक विकास परियोजनाको तर्फबाट त्यो दिनको खाजा खाना बितरण गरियो । त्यो समयमा आफुले काम गरिरहेको संस्थाबाट थोरै भए पनि पिडितहरुलाई सहयोग गर्न पाएकोमा आफुलाई गर्वको महशुस भयो र झन काम गर्नकोलागि प्रोत्साहन र उर्जा प्रदान ग¥यो । त्यस रात सम्पुर्ण विस्थापितलाई विद्यालयमा बस्ने व्यवस्था गरियो । त्यहि समयमा भोलिबाट लाश निकाल्ने कुरा भइरहेको थियो तर प्रहरी नआई लाश निकाल्न नहुने भन्ने जानकारी भए पछि फेरी अव के गर्ने भन्ने अन्यौल भयो । तर लाश ननिकालेमा त्यहि सड्ने र दुर्गन्ध फैलिने डर र प्रहरी घटना स्थलमा तत्काल आउन नसक्ने भन्ने भए पछि वडा अध्यक्ष राजाराम उपाध्याय को नेतृत्वमा लाश निकाल्न तर्फ लागियो । प्राय लाशहरु सुतिरहेकौ अवस्थामा थिए भने । त्यो समयमा देखिएको सबैभन्दा दर्दनाक घटना भनेको एउटा घरको लाश निकाल्दा सतिरहेकै अवस्थामा आमाले बच्चालाई दुध चुसउदै गरेकी थिइन । प्रकृती पनि कति निर्दयीरहेछ आमाको काखमा रहेकै बेला बच्चा र आमा दुवैलाई मा¥यो । त्यो सानो बच्चाको लागि ति आमा लगायत सबै आमाहरुले कति राम्रा र मिठा सपना देखेका थिए होलान । फुल्फुलाउँदो मगमगाउँदो सुन्दर जीवन देखेका थिए होलान । तर उज्यालो हुन नपाउँदै अन्ध्यारो भयो दुनियाँ । बालबालिकाको क्षेत्रमा काम गर्ने भएकोले होला बालबालिकासँग सम्बन्धी घटनाहरुले बढि तान्छ मलाई । त्यो दृश्य अहिले पनि मेरो मानसपटलमा अझै घुमिरहन्छ र झस्काइरहन्छ । लाश निकालिसके पछि त्यो दिन साँझ भइसकेकोले ७ वटा लाश लिई खुल्ला चौरमा त्रिपाल मुनी राखेर भोलि विहानका पर्खाइमा बसियो । त्यही समयमा कति जीवनहरु अस्ताई सकेका थिए भने त्यहि अस्ताईसकेका जीवनलाई साक्षी राखेर हामी भोलि विहानको पर्खाइमा थियौँ । कस्तो विडम्वना । केहि घण्टाको फरकमा मराङ्गले २१ जना मान्छे गुमाएको थियो त्यो दिन ।

Mangala Health notice


सहयोगी छिमेकी र तन्नेरीहरु
त्यसैगरी छिमेकी मर्दापर्दा काम लाग्छन् भन्ने उखानलाई चरितार्थ गर्दै छिमेकी वडा मल्कावाङ्गबाट उद्धार र आवश्यक सहयोगको लागी सन लाइट युवा क्लवका अध्यक्ष दलमान छन्त्यालको नेतृत्वमा ४० जना युवाहरु मराङ्गमा आउनुभएको थियो । ४० जना मध्ये २० जनाको टोलि अर्वाङ्गमा परिचालन भयो भने २० जनाको टोली कुम्री र राम्चेमा परिचालन गरियो । साथै म्याग्दी जिल्लाका जागरुक युवा प्रकाश पौडेलको नेतृत्वमा अप्ठ्यारो बाटो पन्छाउँदै म्याग्दीका युवाहरु आएर युवा शक्तिको शक्ति र ठुलो मन देखाएर जानु भयो । त्यस्तो अप्ठारो परिस्थितीमा पनि आफ्नो दिलो ज्यान नभनिक ठुलो मन गरेर गद्धार तथा सहयोग गर्न आउनुहुने मल्कावाङ्गका युवा टोली र प्रकाश पौडेल ज्यूको टोलीलाई मैले मेरो व्यक्तिगत र सम्पुर्ण मराङ्ग बासीको तर्फबाट नमन गरिने भने मलाई पाप लाग्छ ।
सरकारी निकायसँग गुनासो
पहिरोले पुरै वडा तहसनहस भएको समयमा पनि जिल्ला विपद व्यवस्थापनको टोली, पहरी, सशस्त्रको उद्धार टोली र नेपाल आर्मीको टोली समयमै घटना स्थलमा नपुग्नु दुर्भाग्य हो । हुन त अप्ठ्यारो बाटो र प्रतिकुल मौसमले गर्दा पनि होला । तर अप्ठ्यारो समयमा आफु भन्दा माथिल्लो स्तरको सँग त्यसमाथि राज्यका निकाय सँग सारै नै अपेक्षा राखिदो रहेछ । घटना भएको दुई दिनसम्मा पनि वडाध्यक्ष बाहेक सरकारी निकायको उपस्थिती घटनास्थलमा नहुनु दुःख लाग्दो थियो । नेपाल प्रहरी यस्तो समयमा जति खेर पनि साथमा हुनु पर्ने हो तर लासको मुचुल्का सम्म राम्रो सँग लिइएन । अझ भनौँ नेपाल प्रहरीले लाशको मुचुल्का नै उठाएन । घटना स्थलमा प्रहरी र अन्य सरकारी निकायहरु जो जानै पर्ने थियो नजाँदा काम गर्न ढिलो र कठिन भयो । लाश निकाल्नको लागि स्थानिय युवाहरुले निकाल्ने र प्रहरी प्रशासनको हेर्ने काम मात्र थियो । कति पए स्थानिय पिडितले त के गुनासो पनि गर्दै थिए भने “प्रहरी आयो आफुले ल्याएको सामानले खाना पकायो खायो ।” भन्नुको तात्पर्य मराङ्ग बासीले प्रहरीबाट जति सहयोग अपेक्षा राखेका थिए त्यो पुरा भएन ।
राम्रो प्रयास
घटना घटेको ३ दिनमा बाहिरको अरु कोहि नपुग्दै इन्द्रेणी कार्यक्रमको टोली पुगेर सहयोग गर्नुले के पनि देखायो भने मन देखि नै आँटेर ग¥यो भने त सकिदो पनि त रहेछ । अठोट लिएर कार्य थालनी ग¥यो भने जस्तो सुकै बाधा व्यवधान हटाएर लक्ष्यसम्म पुगिदो रहेछ । प्रहरी प्रसासनलाई पछाडि पार्दै ईन्द्रेनी कार्यक्रमका कृष्ण कँडेल लगाएतको टोली पहिरो क्षेत्रमा गएर मराङ्गबासीका हिरो भएर आए । यसैगरी सनलाइट युवा क्लव लगायतका युवा साथीहरुले पहिरोबाट पिडितको उद्दार र लाश निकाल्ने जस्ता क्रियाकलापमा सहभागि हुनुभएको थियो । यसैगरी २६ गते बेलुका देखि भोकै बस्नु भएको पिडितहरुलाई तत्काल आवश्यक पर्ने खाजाखानाको सामाग्री किन्न रकम उपलब्ध गराउने साथै खाद्यवस्तु लगायत स्वास्थ्य र सरसफाईको सामाग्रीको सहयोग गर्ने संगम म्याग्दी, कदम म्याग्दी, गुड नेवर्स इन्टरनेशनल र सामुदायिक विकास परियोजनाले सारै ठुलो गुण लगाएको छ । जुन गुण मराङ्ग बासीले तिरेर सकिनेछैन । साथै विभिन्न सरकारी, गैरसरकारी संस्था र व्यक्तिहरुले निश्वार्थरुपमा राहत संकलण गर्न र सहयोग गर्न उद्धत हुनु भएको थियो यो एकदमै राम्रो प्रयास भएको छ । साथै म्याग्दीमा क्रियाशिल विभिन्न युवा संघ र संस्थाहरु पहिरो क्षेत्रमा गएर कुनै राजनितीक विभाजन विना पिडितहरुको बासको लागि टहरा निर्माण, अस्थाई शौचालय निर्माणमा सहयोग गरेर पिडितका मनमा थोरै भए पनि मल्हम लगाउनु भएको थियो यो पनि मराङ्ग बासीले बाचुन्जेल सम्झनेछन् । यसै गरी धवलागिरी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको लागि पहल थालेको सुनेको छु जुन आफैमा पनि राम्रो प्रयोस हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल र सम्पुर्ण पालिका परिवारले आफैलाई पिडा परे जसरी समन्वय र सहकार्यमा सहयोग पु¥याउनुभएको छ उहाँहरुलाई धेरै धेरै धन्यवाद । यसै गरि राहत संकलन र व्यवस्थापनमा स्थानिय युवा क्लवले खेलेको भुमिकालाई तालिबजाउनै पर्छ । सायद युवा क्लव गाउँमा नभइदिएको भए र युवाहरु जागरुक र एकिकृत नभइदेको भए मराङ्गको घाउ अहिले पनि आलै हुने थियो होला । राहत कति आयो कसले कति पायो भन्ने ठेगान हुन्थेन होला त्यसैले पनि युवाहरुको नेतृत्व गर्ने चक्र पुन र समग्र युवाहरु प्रति आभार गर्दछु । साथै आफ्नो दिलो ज्यान दिएर रातदिन नभनी दुःखमा परेका जनता सँग बसेर राहत वितरण कसैले पाएनपाएको अवस्था बुझन लागि पर्नुभएको र विपदको समयमा कत्ति पनि नडगमगाई नेतृत्वदायी भुमिका खेलेर पुरै वडाको अभिभावक बन्नु भएकोमा वडाध्यक्ष श्री राजाराम उपाध्यायलाई सम्पुर्ण जनताले सम्झिरहनेछन् ।
सरोकारवाला निकायको अवको जिम्मेवारी
सर्ब प्रथम पहिलो काम पिडित वर्गहरुलाई वा पुर्ण क्षेती भएका परिवारको बासको व्यवस्थापन छिटो गर्नुपर्दछ । पिडितहरुको लागि अहिलेलाई राहत जति पनि छ त्यसैले अव भने सरोकारवाला निकायहरु सरकार, स्थानिय तह, संघसंस्थाहरुले पिडितहरुको लागि आवास निर्माण जोड दिनु आवश्यक छ । आवासको व्यवस्था नभए सम्म पिडित परिवारको केहि गर्नकोलागि पनि आँट नै आएको देखिदैन । त्यसैले त्यो दर्दनाक घटनालाई केहीमात्रामा विर्साउनको लागि र पिडितहरुलाई पालबाट घरमा सार्नको लागि सबै पक्षले यो विषयमा चाँडैनै सोच्नु पर्ने हुन्छ । अन्यथा त्यहीबाटै अरु सामाजीक दुर्घटनाहरु नहोलान भन्न सकिन्न । अनि पिडितलाई अलि अलि बाँकी रहेका जग्गा जमिनमा त्यो समय अनुसारको तरकारीको विउँ अथवा अन्य केही सामाग्री, वस्तु उपलब्ध गराई दैनिक जिविकोपार्जनमा सहयोग पु¥याउनु प¥यो । पहिरोको समयमा सरकारले हेलिकप्टर बाट पिडित सम्म राहत पु¥याउन सफल भएको थियो तर अव जती सक्यो छिटो पहिरोबाट अबरोध भएको सडकको पुनः निर्माण गरि यातायात सहज गरि मराङ्गमा सामाग्रीको वसापसारमा सजिलो बनाउने पहल गर्न तिर लाग्नु पर्दछ ।
अन्तमा
अप्ठ्यारो कसलाई पर्दैन होला र ? पहिला समाचारमा बाढि पहिरोको बारेमा सुन्दा सामान्य लाग्थ्यो तर आज आफ्नै गाउँका आफन्तीहरु, छरछिमेकीहरु र गाउँ पुरै त्यहि समाचार बन्दा साँचिकै मन दुख्ने रहेछ । साथै राहत वितरण गर्दा पिडितलाई राहत वितरण साथसाथै उनिहरुसँगै नजिक भएर बसिदियो भने केही मात्रामा भए पनि उनिहरको पिडा कम हुँदो रहेछ । यस्तो परिस्थितीम हामीहरु पिडितको नजिक भएर बसीदीनु पर्ने रहेछ । उहाँहरुको मनलाई भुलाउनको लागी चोट परेको व्यक्तीको मर्मलाई सहयोग मिल्दोरहेछ । म संगम म्याग्दीमा आबद्ध भएर गुड नेवर्स इन्टरनेशनलको सामुदायिक विकास परियोजना मार्फत पहिरोको समयमा पिडितहरुलाई आफुले सक्ने सहयोग गरी स्थानिय मानिसहरुको मन जित्न सकेकोमा एक्दमै गर्वको महशुस भएको छ । हुन त यो खुसीहुने समय होइन तैपनि त्यति सहयोग गर्नाले मलाई खुसीको महशुस भएको छ । मान्छेलाई कतिबेला के पर्छ भनेर थाहाँ हुँदैन रहेछ । मान्छेलाई पिडा प¥यो भने चाहीँ यो संसार हेरी चित्त बुझाउनु पर्दोरहेछ । अन्तमा सहयोग गर्नुहुने सम्पुर्ण सरकारी, गैरसरकारी निकाय, पत्रकार, वुद्धिजिवी वर्ग, देशविदेशमा रहनुहुने सम्पुर्णमा आभार प्रकट गर्न चाहान्छु । धन्यवाद ।
संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको मराङ्ग कार्यक्षेत्र भएका परियारलाई यो लेख तयार पार्न चन्द्रप्रकाश बुढामगरले सहयोग गरेका हुन् ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...