धौलागिरि खबर

ट्याक्सी चालकलाई स्वास्थ्य सुरक्षा साम्रागी वितरण

बेनी,। म्याग्दीको बेनी यातायात प्रा.लीले आइतबार ट्याक्सी चालकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी एन–९५ मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा वितरण गरिएको प्रा.लीका महासचिव कुमार थापाले बताउनुभयो ।

प्रालि अन्तरगत सञ्चालित १ सय ६० ट्याक्सीका चालकलाई प्रति चालक करिब १ हजार बराबरको साम्रागी उपलब्ध गराइएको उहाले बताउनुभयो । प्रजिअ अधिकारीले ट्याक्सीका चालकलाई यात्रु बोक्ने क्रममा दुवैतर्फबाट संक्रमणको जोखिम रहेकाले वितरण गरिएका साम्रागीको अनिवार्य प्रयोग गर्ने अनुरोध गर्नुभयो ।

Rara Auto Mobiels

त्यस्तै प्रनाउ कुँवरले अन्तरजिल्ला यात्राको क्रममा जोखिम उच्च भएकाले जिल्लाभित्र फर्किएपछि अनिवार्य होम क्वारेन्टाइनमा बस्न आवश्यक सहयोग गर्न प्रालिलाई अनुरोध गर्नुभएको थियो ।

सावधानी अपनाउन भविस्यमा पनि निरन्तर चालकलाई आवश्यक साम्रागी सहित सुरक्षा गतिविधिका बारेमा जानकारी गराउने प्रालिका अध्यक्ष टिकप्रसाद पुर्जाले बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...