धौलागिरि खबर

बेलढुङ्गाको दृष्य अवलोकन स्थल पल्टीयो

बेनी। म्याग्दी र बागलुङ जिल्लाको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाको दृष्य अवलोकन स्थल पल्टिएको छ ।

बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउपालिका–३ धम्जाको सिमानामा पर्ने बेलढुङ्गाको माथिल्लो भाग शनिबार राति पल्टिएको हो । बेलढुङ्गाको शिरानमा रहेको दृष्य अवलोकन गर्ने स्थल म्याग्दीतर्फ खसेको भकिम्लीका पृथीप्रसाद पुनले बताउनुभयो ।

“राति ९ बजेतिर गडड् गर्दै ठूलो पहिरो गएको आवाज सुनिएको थियो,” पुनले भन्नुभयो “आइतबार बिहानै उठेर हेर्दा बेलढुङ्गाको टुप्पोको भाग पल्टिएर खसेको देखियो ।” माथिल्लो भाग खसेपछि बेलढुङ्गाको साबिकको भन्दा करिब ३ मिटर उचाई घटेको छ ।

Rara Auto Mobiels

समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुङ्गा केही वर्षयता हिमशृङ्खला, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकनका लागि गन्तब्य स्थलको रुपमा विकास हुदै गएको थियो ।

पहाडको शिरमा बेल आकारको अग्लो ढुङ्गा भएकाले बेलढुङ्गा भनिएको थियो । गोलो आकारको ढुङ्गा माथि बसेर धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाल, सुर्योदयका साथै म्याग्दी, बागलुङ र पर्वतका पहाडको भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्थ्यो ।

बेलढुङ्गाको माथिल्लो भाग खसेपछि प्राकृतिक स्वरुपमा असर परेको भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । अत्याधिक बर्षाका कारण जमिन कमजोर भएर पहिरो गएको उहाँको भनाई छ । “बेलढुङ्गालाई पर्यटकीय स्थलको रुपमा बिकास गराउन बेनी नगरपालिका र काठेखोला गाउपालिकाको सहकार्यमा धेरै पहल भएको थियो,” उहाले भन्नुभयो “प्राकृतिले हामीले गरेको प्रयासलाई सफल हुन दिएन् ।”

गत आर्थिक वर्षमा काठेखोला गाउपालिकाले बेलढुङ्गाको दृष्य अवलोकन स्थलमा घेराबार गरेको थियो । बेनी नगरपालिकाले भकिम्लीको डोले–मुसुङ हुदै बेलढुङ्गा जोड्ने पदमार्ग बनाएको थियो । बेलढुङ्गा र स्वर्गाश्रम जाने आउने पर्यटक तथा स्थानीयबासीलाई लक्षित गरेर भकिम्ली देखि धम्जा जोड्ने सडकको ट्याक समेत जोडिएको छ ।

बेलढुङ्गा म्याग्दी सदरमुकाम बेनी बजारदेखि १८ किमि र बागलुङ सदरमुकामदेखि ३५ किमिको दुरीमा पर्छ । बेलढुङ्गा प्राकृतिकसँगै जैविक हिसाबले समेत महत्वपूर्ण ठाउँ हो । बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको वासस्थान छ ।

बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । पहिलपहिले पश्चिम बागलुङदेखि म्याग्दी हुँदै मुस्ताङ जाने पैदलमार्ग पनि यहीँ पथ्र्यो । धम्जाका १४ घरमा बेलढुङ्गा सामुदायिक घरवास सञ्चालन गरिएको छ ।
यसैबीच हल्लेगौडामा पहिरोले सडक बगाएपछि भकिम्लीको बेनीबजारसँग सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । सडक अवरुद्ध हुँदा भकिम्लीका बासिन्दालाई आवत जावतका साथै निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि उपज निकासी गर्न समस्या भएको स्थानीय धनबहादुर श्रीसले बताउनुभयो ।

भकुण्डे र थामडाडा मरेक भएर घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या छ । यसैगरी पहिरोले भकिम्लीको डोले खानेपानी आयोजनाको पाइप समेत बगाएको छ । मुसुङ गाउ नजिकै पहिरोले मुख्य पाइपलाइन बगाउँदा ५० घरधुरी प्रभावित भएका छन् । बैकल्पिक मुहानबाट पानी आपुर्ति गरेर बितरण गरिएको डोलेका डिलबहादुर थापाले बताउनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...