धौलागिरि खबर

बिम र मराङका पहिरो पिडितलाई दिच्यामबासीको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउपालिका–६ दिच्याम गाउँका बासिन्दाहरुले छिमेकी बिम र मराङका पहिरो पिडितहरुलाई नगद सहयोग गरेका छन् ।

गत असार २५ र २६ गतेको पहिरोमा आफन्त तथा घरबास गुमाएका दुवै वडाका ५० घरपरिवारलाई दुई लाख आठ हजार रुपैयाँ सहयोग गरेका हुनु ।

मराङमा २१ जनालाई एक लाख एक हजार ३०० र बिमका २९ जनालाई एक लाख छ हजार सात सय रुपैयाँ सहयोग वितरण गरिएको भगवति आधारभूत विद्यालय दिच्यामका प्रअ जगत खत्रीले बताउनुभयो ।

मालिका–६ का वडा सदस्य कर्ण रोका सहित प्रभावित क्षेत्रमा पुगेका दिच्यामका आमा समूह र युवा क्लवका प्रतिनिधिहरुले मराङका वडा अध्यक्ष राजाराम उपाध्याय तथा बिमका कार्यवाहक वडा अध्यक्ष बुद्धीबहादुर जुग्जाली मार्फत पिडितहरुलाई सहयोग बितरण गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा दिच्यामेली समूह मार्फत स्वदेश तथा बिदेशमा भएका दिच्यामबासीहरुले आर्थिक संकलन गरेर सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Loading...