धौलागिरि खबर

धवलागिरीमा कोरोना रोकथामका लागि ३९ लाख खर्च

बेनी । म्याग्दीको धवलागिरी गाउपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि ३९ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।

गाउपालिकाले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रणमा आर्थिक वर्ष २०७६÷०७७ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार कुल ३९ लाख २३ हजार ६९६ रुपैयाँ खर्च भएको छ ।

क्वारेन्टाइनमा पाँच लाख छ हजार ९८४, खाद्य बैंक स्थापनामा ९३ हजार, राहत वितरणमा १८ लाख ३१ हजार ९९९, औषधी खरिदमा छ लाख ९३ हजार ७३१ र युवा परिचालनमा सात लाख ९८ हजार रुपैयाँ खर्च भएको छ ।

Rara Auto Mobiels

कोरोना कोषमा गत वर्ष पचास लाख रुपैयाँ बिनियोजन गरेको गाउपालिकाले यो वर्ष एक करोड रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

म्याग्दीमा हालसम्म धवलागिरि सहित बेनी नगरपालिका, रघुगंगा गाउपालिका, अन्नपूर्ण गाउपालिका, जिल्ला प्रशासन कार्यालयले कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...