धौलागिरि खबर

पहिरो पिडितको पुनस्थापनामा जुटे प्रवासी म्याग्देली

बेनी, । रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा विदेशिएका म्याग्देलीहरु गृहजिल्लामा पहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनामा जुटेका छन् ।

प्रवासी नेपाली म्याग्देली संघ (मोना)को नेतृत्वमा विश्वभर रहेका म्याग्देलीहरु पहिरो पिडितको पुनस्थापनामा जुटेका हुन् । २०७७ सुरु भएयता पहिरोका कारण म्याग्दीमा ३१ जनाको मृत्यु, ५ जना बेपत्ता र सयौ घर भत्किएका छन् ।

हजारको हाराहारीमा घरहरु पहिरो, कटान र बाढीको जोखिममा परेका छन् । घटना लगत्तै त्रिपाल, खाद्यान्न र लत्ताकपडा लगायत राहत सामग्री सहयोग गरेको मोना अघिले दिर्घकालीन ब्यवस्थापनका लागि आवास निर्माणका लागि सहयोग जटाउन जुटेको छ ।

Rara Auto Mobiels

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीको नेतृत्वमा र पदाधीकारीहरुले विभिन्न देशमा रहेका मोनाका राष्ट्रिय समितिहरुबाट आर्थिक सहयोग संकलन भैरहेको छ । मोनाका निवर्तमान अध्यक्ष तथा संरक्षक चक्रबहादुर थापाले पहिरोबाट पिडितको पहिचानको काम समेत सँगै अघि बढाइएको बताउनुभयो ।

जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर पिडितको पहिचान गर्ने काम भैरहेको उहाले बताउनुभयो । प्रशासन र सबै पालिकाबाट पहिरोबाट घरबास गुमाएकाहरुको विवरण माग गरिएको मोनाले जनाएको छ । पिडित पहिचानका लागि एउटा समिति समेत बनाएको छ ।

प्रवासी म्याग्देलीहरुले मोना मार्फत जिल्लाको विकास निर्माण, विपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, विपन्नको उपचार सहित सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...