धौलागिरि खबर

काउलेगौडामा करेन्ट लागेर महिलाको मृत्यु

बेनी । करेन्ट लागेर बुधबार म्याग्दीमा एक महिलाको ज्यान गएको छ । बेनी नगरपालिका–९ काउलेगौडाकी २६ वर्षीया शिला चोखालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान घर नजिकै फुल टिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी चोखाललाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।
विद्युत लाइन लिग भएर करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको र थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली पुगेको प्रनाउ कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...