धौलागिरि खबर

अन्नपूर्णका पहिरो पिडितलाई सहयोग

Hariyali Groups Pvt Ltd

पोखरेबगर। म्याग्दी समाज न्युयोर्क अमेरिकाले अन्नपूर्ण गाउपािलकाका पहिरो पिडितहरुलाई मंगलबार साढे दुई लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाम, काभ्रे, नारच्याङ लगायत ठाउँका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई २० हजार र एक घाईतेलाई १० हजार हस्तान्तरण गरिएको हो । बाढीपहिरोले क्षतविक्षत भएका गाउँवस्तीका बासिन्दालाई लक्षित गरीे संकलन गरेको आर्थिक गाउँपालिका अध्यक्ष डमबहादुर पुनमार्फत पीडितलाई हस्तान्तरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष पुनले कोरोनाको जोखिमको बाबजुत जन्मभूमिका बाढीपहिरोले विस्थापित भएकालाई आर्थिक सहयोग जुटाएर अमेरिकामा रहेका म्याग्देलीले पीडितको मन जित्न सफल भएको बताउनुभयो ।

Rara Auto Mobiels
Chadani auto head

‘पीडितको हातमै पुगेको सहयोगको सदुपयोग गर्नुहोला । भविस्यमा पनि समाजसँग मिलेर अन्नपूर्णभित्र विभिन्न काम गर्नेछौ,’ अध्यक्ष पुनले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा दानाका वडा अध्यक्ष नरसिंहबहादुर पूर्जा, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, दानाका अगुवा बेलबहादुर पूर्जा, जिसस सदस्य मेखबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

पहिरोले तल्लो फगाम गाउँ नै विस्थापित भएको अवस्थामा गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार क्षती पुगेको घरलाई प्रति घरधुरी १० हजार सहयोग गरिएको समाजले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतम, ब्यवस्थापनमा रेशमबहादुर पुनले सघाउनु भएको थियो ।

समाजले बाढीपहिरो पीडितको राहतका लागि उपाध्यक्ष रमेश तुलाचनको संयोजक र मन प्रसाद रोका सहसंयोजक रहेको राहत संकलन समिति गठन गरेको थियो । यसअघि मंगला, मालिका, धवलागिरीका बाढीपहिरो पीडित, मृतक घाईते र सुत्केरीलाई समाजले पठाएको सहयोग वितरण भैसकेको छ । रघुगंगा गाउँपालिका ३ जना मृतकलाई सहयोग हस्तान्तरण गर्न बाँकी रहेको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...