धौलागिरि खबर

कोरोना रोकथामका लागि अन्नपूर्णमा साढे ४६ लाख खर्च

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र लेखा अधिकृत जयप्रसाद सुबेदीले एक सूचना जारी गर्दै विभिन्न शिर्षकमा भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

गाउपालिकाको कोरोना कोषमा ९४ लाख ४९ हजार २०६ रुपैयाँ जम्मा भएकोमा कोरोना संक्रमणसँग सम्बन्धितमा ४६ लाख ५८ हजार ६०५ र कार्यपालिकाको निर्णय बमोजिम अन्य बिपद् तथा राहत भुक्तानीमा एक लाख ७१ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

कोरोना कोषमा ४६ लाख १९ हजार ६०१ रुपैयाँ मौज्दात रहेको छ । कोषमा गाउपालिकाले सत्तरी लाख रुपैयाँ बिनियोजन गरेको थियो । प्रदेश सरकारले पाँच लाख, गाउपालिकामा कार्यरत कर्मचारीहरुबाट एक लाख ४६ हजार ८११, शिक्षक कर्मचारीबाट सात लाख ८७ हजार ३९५, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको दश लाख र पश्चिम नेपाल सहकारीले पन्ध्र हजार जम्मा भएको थियो ।

Rara Auto Mobiels

बन्दाबन्दीका कारण रोजगारी गुमेर समस्यामा परेका विपन्न तथा मजदुरहरुको लागि खाद्यान्न राहत सामग्री खरिद तथा ढुवानीमा १८ लाख ६० हजार ६२१ रुपैयाँ खर्च भएको छ । स्वास्थ्य सामग्री र उपकरण खरिदका साथै गाउपालिका र वडा स्तरमा क्वारेन्टिन ब्यवस्थापन गर्न दश लाख ५२ हजार ३६४ र क्वारेन्टिनमा बेड बिस्तारा लगायतका सामग्रीमा सात लाख २९ हजार ८३४ रुपैयाँ खर्च भएको छ ।

भुरुङ्ग तातोपानीको सर्वोदय माविमा पालिका स्तरीय र ८ वटै स्वास्थ्य चौकीमा तीन÷तीन बेडको प्रि–आइसोलेशन मोडेलको क्वारेन्टिन बनाएको छ । कोरोना रोकथाममा परिचालन भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता र खाजाखानामा चार लाख ९० हजार ७५० र नाका तथा होल्डीङ सेन्टरबाट उद्धारका लागि ८६ हजार खर्च भएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला स्तरमा सञ्चालन भएको क्वारेन्टिन तथा आइसोलेशनलाई चार लाख ३९ हजार ३५ रुपैयाँ खर्च भएको छ ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...