धौलागिरि खबर

उजाडियो रुप्से

बेनी, म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल रुप्सेलाई उजाड बनाएको छ ।

रुप्सेखोलामा गत महिना आएको बाढीले सुन्दर झरनालाई उजाड बनाएको हो । पर्यटन विकासका लागि निर्माण भएका भौतिक संरचना क्षत विक्षत भएको छ । अग्लो पहाडबाट छङछङ झर्ने रुप्से झरनाको वरपर बाढी र पहिरोले छियाछिया बनाएको छ ।

रुप्सेको प्राकृतिक सौन्दर्य बाढीले खोसेको छ । बाढी पछि झरनामा धमिलो पानी खसेको छ । सफा पानी आउँदा सुन्दर देखिने रुप्सेको संरचना फेरिएको छ । मनमोहक रुप्सेलाई बाढीले बिरक्त बनाएको स्थानीयबासी रिता बरुवालले बताइन् ।

झरना परिसरको मन्दिर बाढीले बगाएको छ । बेनी–जोमसोम सडक अन्तरगत पर्ने रुप्से मुस्ताङ जाने र आउनेहरुका लागि आकर्षक गन्तब्य थियो । दैनिक सँयौ मानिसहरु रुप्सेको सौन्दर्यमा रमाउथे ।

सडक देखि झरनाको माथिल्लो फेदीसम्म पुग्न निर्माण भएको पदमार्ग समेत बगाएको छ । रुप्से परिसरमा बेनीका ब्यवसायी सुवर्ण खत्रीले डेढ वर्षदेखि सञ्चालन गरेको वाटरगड रिसोर्टको नामनिशान छैन् । भ्यू प्वाइन्ट, रुप्से देखि अन्धगल्छी जाने बाटो पनि पहिरोसँगै बगेको छ

रुप्से स्थित निर्माणाधिन र चालु अवस्थाको मोटरेबल पुल बाढीले बगाएको छ । रुप्से क्षेत्रमा करिब तीन सय मिटर सडक पहिरो र बाढीले बगाएको छ ।

रुप्सेको प्राकृतिक स्वरुप पुरानै अवस्थामा आउन दुई तिन वर्ष लाग्ने वडा सदस्य हस्त पुनले बताए । उनका अनुसार ५० को दशकको सुरुवातमा पनि बाढीले रुप्सेलाई अहिलेको जस्तै कुरुप बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Loading...