धौलागिरि खबर

बेपत्ता पारिएकाहरुको सम्झनामा दिप प्रज्वलन

बेनी, । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा आइतबार साँझे बेनीमा दिप प्रज्वलन गरिएको छ ।

दन्द्ध पिडित अधिकार समाज लगायत दन्द्ध पिडितको अधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा बलपूर्वक बेपत्ता पारिएका पिडितहरुको १० औ अन्तराष्ट्रिय दिबस पारेर दिप प्रज्वलन गरिएको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर भौतिक दुरि कायम गरि थोरै संख्यामा उपस्थित भएर दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा सहभागिहरुले दश वर्षे जनयुद्धका समयमा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न, सत्य, न्याय र परिपुरण सहितको कानुनी प्रावधानको ब्यवस्था मिलाउन जोड दिएका थिए ।

Rara Auto Mobiels

दन्द्ध पिडित अधिकार समाजका अध्यक्ष भिमबहादुर रिजालको अध्यक्षता, सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दन्द्धकी घाइते उषा घर्ति घिमिरे, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सभापति नवराज पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दीमा दन्द्धका समयमा ६ जना बेपत्ता भएकोमा चार जनाको अभिलेखिकरण भएको र जस मध्य दुई जनाका परिवारले मात्र राहत पाएका समाजले जनाएको छ । आइतबार दिउँसो समाजले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका थिए ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...