धौलागिरि खबर

म्याग्दी समाज न्युयोर्कद्धारा पहिरो पिडितलाई सहयोग

बेनी, ः म्याग्दी समाज न्युयोर्कले पहिरो पिडितलाई प्रवासीहरुले करिब रु. तीस लाख सहयोग गरेका छन् ।

अध्ययन, रोजगार, पेशा, ब्यवसायको शिलशिलामा अमेरिकाको न्युयोर्क शहरमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी समाज न्यूयोर्कले पहिरोमा आफन्त, घरबास गुमाएका, घाइते भएका र पहिरो प्रभावित सुत्केरीलाई राहत स्वरुप सहयोग गरेको हो ।

घर पूर्ण क्षति भएका ९७ परिवार, ३१ जना मृतक, १३ जना घाइते र सुत्केरीलाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा सहयोग बितरण गरिएको संस्थाका प्रतिनिधि पूर्ण पुनले बताउनुभयो ।

Rara Auto Mobiels

पुनको नेतृत्वमा शनिबार र आइतबार मंगला, मालिका र धवलागिरी गाउपालिकाको पहिरो प्रभावित ठाउँमा पुगेर राहत वितरण गरिएको हो । घर पूर्ण क्षति भएकालाई २५ हजार, प्रति मृतक, घाइते र सुत्केरीलाई जनही रु. दश÷दश हजारका दरले राहत विरण गरिएको पुनले जानकारी दिनुभयो ।

“बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउपालिकाका पहिरो पिडित तथा प्रभावितहरुका लागि पनि सहयोग हस्तान्तरण गछौ,” उहाले भन्नुभयो “छुटेका र थपिएकालाई अर्को चरणमा सहयोग उपलब्ध गराउछौ ।”

समाजले यसअघि पहिलो चरणमा पहिरो जाने बित्तकै रु. दुई लाख सहयोग पठाएको थियो । म्याग्दी समाज न्युयोर्कका अध्यक्ष भबिन्द्र शेरपुञ्जा, सचिब याम पुन, रमेश तुलाचन, मनप्रसाद रोका लगायतको संयोजनमा सहयोग जुटाएर पठाएका थिए ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...