भोज खाएपछि कोरोना पोजिटिभ, २२ दिने शिशुसहित ७० जना कन्ट्याक्ट ट्रेसिङमा

Beni Sanjibani

बागलुङ : जिल्ला सदरमुकाम नजिकैको गलुवामा भोजमा सहभागी भएकाहरु तनावमा परेका छन्। आफूसँगै भोजमा सहभागी एकजनालाई कोरोना संक्रमण देखिएपछि करिब ७० जना तनावमा परेका हुन्।
 
सरकारले भीडभाड हुने सार्वजनिक सभा समारोह तथा सामाजिक कार्य सबैमा रोक लगाएपनि बागलुङ नगरपालिका १० भकुण्डेको गलुवामा एक परिवारले आफ्नी छोरीको न्वारानमा खसी काटेर गाउँले र आफन्तसँग खुसी मनाएका थिए ।

स्थानीय प्रशासन, सरकारको आग्रह बेवास्ता गर्दै मनाइएको यो खुसी लामो समय टिक्न सकेन । कारण, न्वारन पूजा गरेर भोज आयोजना गर्ने छोरीका बुवा २३ वर्षीय सैनिकमा ११ गते कोरोना संक्रमण पुष्टि भयो । उनी भाद्र ५ गते कोरोना पुष्टि भएका बागलुङकै अर्का सैनिक साथीसँगै बागलुङ बजारमा एक रात बिताएका थिए । त्यसकै आधारमा उनको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिइएको थियो । नेपाली सेनाको लमजुङ ब्यारेकमा कार्यरत रहेका उनीहरु दुवै छुट्टिमा घर आएका थिए ।
  
पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि गलुवा गाउँ पुरै आतंकित  छ । संक्रमितका परिवारका सदस्यमा कोरोनाको लक्षण समेत देखिएको छ । केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा कठिनाइ, घाँटी दुख्ने जस्ता समस्या देखिएको छ । 

युवामा कोरोना पुष्टिपछि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका पण्डित, पाहुना, आफन्त, छिमेकीलगायत  ७० जनाको स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्ली आचार्यले जानकारी दिए । स्वाब संकलन गर्नेमा न्वारान गरिएकी २२ दिनको उनका छोरी समेत छिन् । 

Mangala Health notice
Aantarik mamila Bal Marry sambandi

‘कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारानमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाइ भोज गरेको पाइयो,’ आचार्यले भने, ‘न्वारानमा भोजकै दिने  कोरोना देखिएपछि ७० जनाको स्वाब संकलन गरेका छौं, समाजमा सामान्य सचेतता नअपनाउँदा भयावहको अवस्था आउन सक्ने देखिएको छ ।’

बागलुङ नगर क्षेत्रमा समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौं ३ गते देखि नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ । 

नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने सरकार र स्वास्थ्यकर्मीको प्रयासले मात्रै प्रयासले कोरोना नियन्त्रण सम्भव नरहेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘राज्यले भीडभाड नगर्नु, सामाजिक कार्य गर्दा सर्तकतासहित सामान्य गर्नु भनेकै छ । तर गाउँमा भोज भतेर, पूजा पाठ विवाह उत्सव चलेकै छ,’ खनालले थपे, ‘यस्तो गतिविधि सहरमा रोकिए पनि गाउँमा रोकिएको छैन ।’

बागलुङ नगरपालिका भित्र मात्रै ४२ जना संक्रमित छन् । जसमध्ये २० जना अहिले आइसोलेसनमा छन् । बागलुङ बजारमा कन्ट्याक्ट ट्रेसिङमा एक महिला व्यवसायीबाट एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना देखिएको थियो । आइतबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९२ जना पुगेको छ । जसमा २ सय ६१ जना निको भइसकेका छन् भने ३० जना आइसोलेसनमा छन् । एकजना युवकको मृत्यु भइसकेको छ । Annapurna post  

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...