धौलागिरि खबर

अबैध आवत जावत रोक्न प्रशासन र सुरक्षा निकायको सक्रियता

बेनी । समुदाय स्तरमा कोरोना भाइरस फैलिएका जिल्ला तथा सहरमा म्याग्दीबाट हुने अबैध आवत जावत रोक्न प्रशासन र सुरक्षा निकायले चासो देखाएका छन् ।

सवारी पासको अनुमति नलिइकन विभिन्न माध्यमबाट चोर बाटो भएर जिल्ला भित्र्ने गरेको सूचना पाएपछि प्रशासन, प्रहरी लगायत सुरक्षा निकायले चासोका साथै त्यसलाई रोक्नका लागि सक्रियता देखाएका हुन् ।

बिशेष गरेर काठमाडौ, पोखरा, बागलुङ लगायत जिल्लाबाट एम्बुलेन्समा नक्कली बिरामी र बिरामीक आफन्त, ढुवानीका साधन र राजमार्ग बाहेकका अन्य सडकको प्रयोग गरेर निजी सवारी साधनबाट मानिसहरु आवत जावत हुँदा कोरोना फैलिने जोखिम बढेको छ ।

Rara Auto Mobiels

कालीपुल बाहेकका बेनी भित्र्ने नाकालाई बन्द गराएको र कालीपुलको नाकामा पनि होल्डीङ सेन्टरमा राखेर सम्बन्धीत स्थानीय तहसँग समन्वय गरेर पठाउने गरिएको छ । परिचयपत्र भएका जलजला गाउपालिकाका बासिन्दाहरुलाई भने बेनीमा आवत जावत सहज बनाइएको छ ।
अबैध आवत जावत रोक्नका लागि शनिबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कालीपुल लगायत नाकाको सुरक्षा अधिकारीहरु सहित अनुगमनमा जानुभएको थियो । पास नभएका सवारी साधन तथा अनुमति नलिई बाहिरी जिल्लाबाट आउनेहरुलाई फर्काएन निर्देशन दिनुभएको थियो ।

पास र अनुमति बिना आएका केही सवारी साधन र मानिसहरुलाई प्रहरीले नाकाबाटै फर्काएको छ । हालै म्याग्दीमा सरुवा भएर आउनुभएका प्रजिअ अधिकारीले कोरोना रोकथाम र विपद् ब्यवस्थापनमा सरोकारवालाहरुसँग समन्वय गरि कार्ययोजना बनाउने र त्यसलाई कार्यान्वयनमा जुट्नुभएको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...