धौलागिरि खबर

“स्पन्दन ”को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित )

बेनी । ग्रामिण क्षेत्रमा धेरै वर्षअघिको माया प्रेमको कथालाई समेटेर तयार पारिएको आधुनिक गित “स्पन्दन”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेनी नगरपालिका–६ अर्थुङ्गेका सुनिल बानिया र आरति विश्वकर्माको अभिनय रहेको निरोज लामाको गितको म्युजिक भिडियो क्रियटिभ मिडिया प्रोडक्सनको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

निरोज लामाको आवाज, दिपक शर्माको संगित र अनिल बानियाको शब्द रहेको गितको म्युजिक भिडियो निर्देशन, छायाकन र सम्पादन भुपेन बानियाले गर्नुभएको हो ।

ग्रामिण परिवेशमा धेरै वर्ष अघिको माया प्रेममा आधारित भएर म्युजिक भिडियो तयार पारिएको निर्देशक बानियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...