धौलागिरि खबर

बेनीबाट जन्मदिनको भोज खान र तिज मनाउन बागलुङ गएका कन्ट्याक्ट टे«सिङमा

बेनी। बेनीबाट जन्मदिनको भोज खान र तिज मनाउन बागलुङ गएका छ जना कन्ट्याक्ट टे«सिङमा परेका छन् ।

भोज खान र तिज मनाउन गएकाहरुसँग सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई होम आइसोलेशनमा राखिएको छ । बेनी नगरपालिका–८ गणेशटोलका एक व्यक्ति नातिको जन्मदिनको भोजमा सहभागि हुन अर्का एक जना आफन्तलाई लिएर बागलुङ गएका थिए ।

उनिहरुले भोज खाएको घरमा काम गर्ने युवतिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बागलुङले सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरेको थियो । यसैगरी तिज मनाउन बागलुङ गएर फर्किएका एकै घरका चार जनालाई पनि क्वारेन्टिनमा राखिएको छ ।

Rara Auto Mobiels

बेनी नगरपालिका–६ घर भएका उनिहरु जलजला गाउपालिकाको बगरफाँटमा बस्छन् । यसैगरी जन्मदिनकै भोजमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्नका लागि जलजला गाउपालिकाको मिलनचोक र थोट्नेरीका छ जना कलाकार बागलुङ गएका थिए ।

जन्मदिनको भोजमा बेनीबाट गएका दुई जनालाई होम क्वारेन्टिनमा राखिएको र जलजला गाउपालिकाबाट गएका कलाकारहरुको वारीबेनी र मिलनचोक प्रहरी चौकीले जनप्रतिनिधि तथा समुदायका अगुवाहरु मार्फत खोजी गरिरहेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्र म्याग्दीका सदस्य सुरत केसीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कन्ट्याक्ट टेसिङमा परेर होम क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइने बताउनुभयो ।

समुदाय स्तरमा कोरोना भाइरस फैलिएपछि बागलुङमा निषेधाज्ञा जारि भएको छ । निषेधाज्ञाका बिच जन्मदिनको भोज आयोजना र अन्तरजिल्ला आवत जावतमा रोक लगाइएपनि बेनीमा मानिसहरु बागलुङ पुगेर आएका हुन् । म्याग्दीमा समुदाय स्तरमा कोरोना भाइरस भित्रिन नदिन स्थानीय प्रशासनले अति आवश्यक बाहेकको काममा अन्तरजिल्ला आवत जावतमा कडाई गरेको छ ।

परिचय खुल्ने कागजात ल्याएर आउने जलजला गाउपालिकाका बाहेकका ठाउँबाट आउनेहरुलाई कालीपुल प्रवेशद्धारबाट कवर्डहलको होल्डीङसेन्टरमा दुई घण्टा राखेर सम्बन्धित वडा कार्यालय सँग समन्वय गरेर मात्र गन्तब्यमा जान दिने गरिएको छ । म्याग्दीमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४८ जना निको भएका छन् ।

समुदाय स्तरमा अहिलेसम्म कोरोना भेटिएको छैन् । समुदायमा कोरोना फैलिरहेको ठाउँमा हुने अन्तरजिल्ला आवत जावतका कारण म्याग्दीमा समुदायमा कोरोना भाइरस भित्र्ने खतरा बढेको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...