धौलागिरि खबर

पहिरो पिडितका टहरा छाउन युवा, बिद्यार्थीको श्रमशिविर

बेनी । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितका लागि निर्माण गरिएको टहरा युवा, विद्यार्थीको श्रमदानबाट छाइएको छ ।

गत साउनमा श्रमशिविर चलाएर पहिरो पिडितको लागि आश्रयस्थल (टहरा) निर्माण गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीको टोली छाउनका लागि पुनः मराङ गएका थिए ।

Rara Auto Mobiels

बीस जनाको टोलीले दुई दिनका दरले श्रमदान गरेर यसअघि ६३ परिवारका लागि बनाएका ५१ वटा टहरामा जस्तापाटाले छाएको राष्ट्रिय युवा संघका नेता शिशिर शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाले जस्तापाटा खरिद गरेको थियो । बेशीबाट राम्चे, कुम्रि, ठूलोगाउँ र आरवाङ सम्म जस्तापाटा ढुवानी गरेका थिए । राष्ट्रिय युवा संघ म्याग्दीका संयोजक प्रबिन शाही र अनेरास्वबीयूका संयोजक सुबास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए ।


पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेता सहित स्थानीय युवाहरुले पाँच दिन श्रमशिबिर चलाएर ५१ वटा टहरा बनाएका थिए ।

६५ परिवारको बसोबासका लागि बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका थिए । घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थाई शौचालय र सेफ्टी ट्याङ्की बनाएका थिए ।

यसअघि टहरा बनाउनका लागि बाँस र काठ संकलन गर्ने तथा ब्यवस्थापनको काम गरेका थिए । मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परि १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै वेपत्ता भएका छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडा कार्यालयले जनाएको छ ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...