धौलागिरि खबर

विद्युत आपुर्ति नियमित बनाउन माग

Hariyali Groups Pvt Ltd

बेनी, । नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले बुधबार नेपाल विद्युत प्राधिरकण म्याग्दी वितरण केन्द्रमा नियमित विद्युत आपुर्तिको ब्यवस्था मिलाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् ।

अनियमित विद्युत आपुर्ति नहुँदा जनजिवन, उद्योग ब्यवसाय, सार्वजनिक सेवा प्रवाह प्रभावित भएपछि समस्या समाधानका लागि दवाव दिन ध्यानाकषर्ण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।
पुर्व जानकारी विना विद्युत आपुर्ति बन्द हुदाँ जनतामा परेको असर र अनियमित विद्युत आपुर्तिको समस्या समाधानप्रति गम्भिर बन्न केन्द्रलाई माग गर्दै राष्ट्रिय युवा संघका सह–संयोजक सन्दिप खत्री र अनेरास्वीयूका संह–सयोजक रेशम केसी लगायतको टोलीले प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

Chadani auto head

विद्युत अनियमित हुदाँ जिल्लामा ब्यवसाय र सेवाप्रवाहमा ढिलासुस्ती भएको जानकारी गराउदै तत्काल भएको समस्या समाधान गर्नका लागि जिल्लामा सबै सरोकारवालहरुसंग सहकार्य गरेर विद्युत आपुर्तिलाई सहज बनाउन केन्द्रलाई आग्रह गर्नुभएको थियो । केन्द्रका प्रमुख महतले बर्खायामा पहिरो र रुख लडेर विद्युतको मुख्य वितरण लाईनमा पटक पटक असर गर्दा भौगोलिक र कम जनशक्तिले समयमै मर्मत गर्न असहज भएको बताउनुभयो ।

Rara Auto Mobiels

विद्युत वितरण दुरी लामो हुदाँ एक ठाउँमा विग्रदा सबै ठाउँमा विद्युत बन्द हुदै आएको जानकार दिदै विद्युत आपुर्ति समस्या समाधान गर्नका लागि वितरण लाईनको दुरी कम गर्दै सवस्टेशन बनाउने र प्रत्येक सवस्टेशनमा फरक फिडर बनाउने तयारीमा लागेको जानकारी दिनुभयो । उहाले सबैसंग सहकार्य गरेर विद्युत अनियमितता हटाउने प्रयासमा रहेको बताउनुभएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...