धौलागिरि खबर

सवारी ज्यान मुद्दामा दोषी ठहर भएको दश वर्षपछि पक्राउ

बेनी । सवारी ज्यान मुद्दामा अदालतले दश वर्षअघि दोषी ठहर गरेर कैद सजाय तोकिएका म्याग्दीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्वत जिल्ला अदालतले २०६७ जेठ २४ गते तीन महिना पाँच दिन कैद सजायको फैसला गरेका मालिका गाउपालिका–७ बिमका २९ वर्षीय प्रकाश सुनारलाई मंगलबार पक्राउ गरिएको हो ।

सुनारलाई अदालतको आदेश अनुसार तोकिएको सजाय भूक्तानका लागि म्याग्दी कारागार चलान गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाकाचोरी, लागु औषध, सवारी ज्यान लगायतका मुद्दाका १४ फरार कसुरदार व्यक्ति पक्राउ परेका छन् ।

Rara Auto Mobiels

प्रहरी नायव उपरिक्षक करिनजंग कुँवरले अदालतले विभिन्न मुद्दामा जरिवाना र कैदको फैसला गरेपनि फरार भएका व्यक्तिहरुको खोजीमा प्रहरीले बिशेष टोली परिचालन गरेको बताउनुभयो । दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पिडितले न्यायको अनुभूति गरेका छन् ।

म्याग्दी जिल्ला अदालतका अनुसार गत वर्ष कुल रु.एक करोड ७ लाख २० हजार २४७ जरिवाना असुल उपर गर्नुपर्नेमा रु. ११ लाख ९५ हजार ८९८ असुल उपर भएको छ । यसैगरी जिम्मेवारी कुल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुल उपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुल उपर भएको थियो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...