धौलागिरि खबर

खोलामा खसेका मजदुरको उद्धार

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङको बाँसबोट स्थित मिस्ति खोलामा खसेका एक मजदुरको उद्धार भएको छ ।

निलगिरिखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी हाईबुङ हाइड्रो कन्ट्रक्सनमा काम गर्ने बागलुङको ढोरपाटन नगरपालिका– ७ का १८ वर्षीय अर्जुन घर्ति सोमबार राती भिरबाट हामफालेर मिस्तिखोलाको किनारमा खसेका थिए ।

इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी सहायक निरिक्षक यमबहादुर थापाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार बिहान ८.३० बजे खोलाको किनारमा बेहोस अवस्थामा फेला पारेको थियो ।

Rara Auto Mobiels

प्रहरी, सेना र स्थानीयबासीले डोरीको सहायताले किनारमा पुगेर घर्तिलाई निकाली बेनी अस्पतालमा ल्याएर उपचार सुरु गरेको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...