धौलागिरि खबर

घरसँगै पहिरोले पुरिएर युवतीको मृत्यु

Hariyali Groups Pvt Ltd

बागलुङ : जिल्लाको पश्चिममा रहेको ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा पहिरोमा पुरिएर एक युवतिको ज्यान गएको छ। अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले कलि परियारकी १९ वर्षीया छोरी पूजा परियारको ज्यान गएको हो। 

Chadani auto head

परियारको दुई वटा घर रहेकाले एक घरमा खाना खाइ अर्को घरमा सुत्न गएकी पूजाको मंगलबार बिहान पहिरोले पुरिएर ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए। परिवारका अन्य सदस्यहरु भने अर्को घरमा सुतिरहेकाले बिहान ६ बजेतिर मात्रै घटनाबारे थाहा पाएको उनले बताए। 

निरन्तरको वर्षाका कारण बुर्तिबाङदेखि अर्नाक जाने सडकमा धेरै ठाउँमा पहिरो गएको छ। पहिरोका कारण घटनास्थलमा भएको क्षतिबारे बुझ्न हिँडेको प्रहरी टोली पनि पुग्न सकेको छैन। अहिले नगरपालिकाको स्काभेटर बोलाएर बाटो मर्मत कार्य जारी रहेको र सडक खुले लगत्तै घटना स्थल पुग्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश भण्डारीले बताए।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...