धौलागिरि खबर

डेङगु र स्क्रब टाइफसबाट चार जना संक्रमित

बेनी, ८ भदौ ः म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रब टाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरो सहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनिहरु मध्य तीन जनामा डेङ्गु र स्क्रब टाइफस भएको हो ।

बेनी नगरपालिका–४ सिंगाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौर की २२ वर्षीया महिला र अन्नपूर्ण गाउपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रब टाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउपालिका–६ पोखरेबगरका ३३ वर्षकी महिलामा भने डेङ्गु मात्र देखिएको छ । उनिहरु बाहिरबाट नआएर स्थानीय स्तरमै खेति किसानी र ब्यापार ब्यवसाय गर्ने व्यक्ति हुनु । उनिहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

Rara Auto Mobiels

गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट वर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।

नेपालमा गत वर्ष केही डेङ्गु संक्रमितको ज्यान समेत गएको थियो । ५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् ।

टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ ।

स्क्रब टाइफस किर्नाको टोकाईबाट सर्छ । डेङ्गु र स्क्रब टाइफसको केही लक्षण मिल्दो जुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नुका साथै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छन् ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...