धौलागिरि खबर

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

ललितपुर : कोरोना संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका दुई पुरुषको मृत्यु भएको हो।

भदौ ६ गते अस्पतालमा भर्ना भएर उपचार गराईरहेका काठमाडौंका ७४ वर्षका पुरुषको मृत्यु भएको हो। त्यस्तै साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Loading...