धौलागिरि खबर

मौवाफाँटमा भूपु सैनिक सहकारीको सेवा केन्द्र

बेनी, ३१ साउन । रघुगंगा गाउपालिकाको केन्द्र मौवाफाँटमा बेनीको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र संचालन गरेको छ ।

रघुगंगा–३ मा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग हालै एकीकरण गरेको सहकारीले औपचारीक रुपमा शनिबारदेखि सेवा केन्द्र संचालन ल्याएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्लाभर कार्यक्षेत्र विस्तार गर्ने अनुमति पाएको सहकारीले पालिकास्तरमा आर्थिक गतिविधि संचालन गर्ने बित्तीय पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्र संचालनमा ल्याएको बताउनुभयो ।

उहाँले कृषि, पशुपालन लगायतको रोजगारीको क्षेत्रलाई प्राथमिकता राख्दै शुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने र बचतकर्तालाई आकर्षक ब्याजदर दिईने भएकाले सहकारीमा सर्वसाधरणको आकर्षण बढ्दो रहेको बताउनुभयो ।

Rara Auto Mobiels

कार्यक्रममा सहकारीका लेखासमिति सदस्य पदम भण्डारी, सहसचिव मुक्तिनाथ शर्मा, सल्लाहकार ठहरबहादुर भण्डारी, सेवाकेन्द्र ब्यवस्थापन समितिका सदस्य प्रकाश सुवेदी र प्रवित्र आमा समुहका अध्यक्ष कमला केसी लगायतले छरिएर रहेको पुजीलाई संकलन गर्ने, छिटोछरितो कर्जा प्रवाह गर्ने, रोजगार सिर्जना गर्ने लगायतकाा काममा सहकारीको महत्वपुर्ण भूमिका रहेको चर्चा गर्नुभएको थियो ।

सहकारी सञ्चालक समितिका सदस्य मोहन बानियाको सञ्चालन, नरेन्द्रकुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक र सेवानिवृत सैनिकहरुलाई सम्मान गरिएको थियो । कोरना भाईरसको सचेतनामूलक जानकारी गराउदै सहभागिलाई सावुन, मास्क वितरण गरिएको थियो ।

सो अवसरमा खाता खोल्ने सेवाग्राहीलाई सम्मान गरिएको थियो । सेवा केन्द्रबाट बचत तथा ऋणको कारोवार, रेमिटान्ससंगै सदरमुकाम बेनीको केन्द्रिय कार्यालयबाट प्रवाह हुने मोवाईल बेकिङ्ग सेवाका लगायतका वित्तीय सेवा प्रवाह हुने सेवा केन्द्रका प्रमुख भदेवी तिलिजाले जानकारी दिनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...