धौलागिरि खबर

पहिरो प्रभावित क्षेत्रमा सांसदको टोली

बेनी, २८ साउन । म्याग्दीको पश्चिमी क्षेत्रको पहिरो प्रभावित क्षेत्रको सांसद भुपेन्द्र थापा र थममाया थापाको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

पहिरो लगत्तै हेलिकप्टर मार्फत पुग्नुभएका सांसद थापा सहितको नेकपाका नेताहरुको टोलीले दोस्रो पटक स्थल मार्ग भएर पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको हो । प्रतिनिधिसभा सदस्य थापाद्धयका साथै संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य टेकबहादुर विश्वकर्माको टोली पहिरो प्रभावित क्षेत्रमा जानुभएको थियो ।

३ दिनको कठिन पैदलयात्राबाट मराङ, बिम, धारापानी, ताकम, देविस्थान र अर्मनमा पुगेर त्यहाँको बस्तुअवस्थाको बारेमा जानकारी लिएको टोलीमा सहभागि नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विपद् क्षेत्रको बस्तुस्थिति अध्ययन, सरकारले पिडित क्षेत्र र जनताका लागि गरेका निर्णयहरु, सरकार र पार्टीको तर्फबाट गर्नुपर्ने कामहरुका बारेमा पिडित जनता, स्थानीय जनप्रतिनिधि र पार्टीका स्थानीय नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया गरिएको थियो ।

Rara Auto Mobiels

असार २५ र २६ गतेको पहिरोबाट अति प्रभावित क्षेत्रको जनजिवन अझै कस्टकर छ । बस्तिहरु जोखिममा छन् । खानेपानी, सडक, विद्युत, सञ्चार सेवाको असुबिधा छ । पहिरो प्रभावितहरुलाई पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य थममाया थापाको टोलीले लत्ताकपडा र सरसफाइका सामग्री वितरण गर्नुभएको थियो ।

पहिरोमा परि ज्यान गुमाएकाको आफन्तलाई संघीय सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसारको राहत, पहिरोले भत्काएका घर पुननिर्माण, क्षतिग्रस्त सार्वजनिक संरचनाको पुननिर्माण र जोखिमयुक्त बस्ति पहिचान गरेर सुरक्षित बसोबासको ब्यवस्था मिलाउन तीनै तहका सरकार मार्फत पहल भएको छ । अर्को चरणमा रघुगंगा र अन्नपूर्ण गाउपालिकाको पहिरो प्रभावित क्षेत्रमा पुग्ने जनाइएको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...