धौलागिरि खबर

बेनी नगरपालिकाको स्थानीय पुस्तक तयार

Beni Sanjibani

बेनी, २६ साउन । म्याग्दीको बेनी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक तयार पारेको छ ।

स्थानीय बिषयबस्तुलाई समेटेको समेटेको पाठ्यपुस्तक नगरपालिकाका सबै विद्यालयमा पठनपाठन गराइने भएको छ । कक्षा १ को लागि मेरो नगरपालिका नामको पुस्तक तयार पारि अब सुरु हुने शैक्षिक सत्रबाट पठनपाठन गराउने तयारी गरेको नगरपालिकाको शिक्षा अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।

एक हजार प्रति पुस्तक छपाई गरिएको छ । पाँच सय प्रति निजी विद्यालयलाई र पाँच सय प्रति सामुदायिक विद्यालयलाई उपलब्ध गराइने अधिकृत पौडेलले बताउनुभयो । आगामी वर्ष क्रमश ः कक्षा १, २, ३, ४ र ५ को पुस्तक तयार पारेर लागू गरिने उहाले बताउनुभयो ।

Gose add

पुस्तकमा बेनी नगरपालिकामा रहेका धार्मिक, ऐतिहाँसिक, प्राकृतिक, सांस्कृतिक, पेशा, ब्यवसाय, जनजिवन झल्काउने विषयबस्तु समेटिएको छ । पुस्तकबाट विद्यार्थीहरुले आफू बसेको बेनी नगरपालिकाको बारेमा जानकारी पाउनेछन् ।

Chadani auto head

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी, शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी, लेखा अधिकृत मिनबहादुर बानिया, शिक्षा अधिकृत अर्जुन पौडेल, स्रोत ब्यक्ति मोहन बानियाले विद्यालयकाहरुलाई पुस्तक वितरण सुरु गरिएको थियो ।

म्याग्दी जिल्लामै पहिलो पटक बेनी नगरपालिकाले स्थानीय पुस्तक तयार पारेको हो । स्थानीय पाठ्यक्रम र पुस्तक तयार पार्न नगरपालिकाले जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गानाको संयोजकत्वमा समिति बनाएको थियो ।

नगरपालिकाका पदाधीकारीको राय र सरोकारवाला तथा विशेषज्ञहरुको सुझाव अनुसार पुस्तकका विषयबस्तु छनौट गरिएको संयोजक ढुङ्गानाले बताउनुभयो । पुस्तक तयार पार्न समितिका सदस्य पौलत्स्य माविका शिक्षक देवीप्रसाद शर्मा (शिव सस्मित)ले प्राबिधिक सहयोगका साथै संयोजन गर्नुभएको थियो ।

पुस्तक लेखनमा प्राध्यापक डाक्टर कर्णबहादुर बानिया, कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्की, केशव ढुङ्गाना, चन्द्रमणी सापकोटा, रामप्रसाद सुवेदी, हरिकृष्ण गौतम र सन्तोष गौतम लगायतले सहयोग गर्नुभएको समितिले जनाएको छ ।

पुस्तकमा प्राकृतिक सम्पदा, वनजंगल, जडिवुटी, कृषि, जातिगत बिबिधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानलाई समेटिएको छ । विषयबस्तुसँग मिल्ने चित्र र तस्बिर समेत सम्बन्धित ठाउँकै प्रयोग गरिएकाले विद्यार्थीलाई अपनत्व महशुस हुने बताइएको छ । बेनी नगरपालिकाले तयार पारेको पाठ्यक्रम र पुस्तक अन्य स्थानीय तहका लागि सन्दर्भ स्रोत बन्न सक्ने सम्भावना छ ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...